बरियारपट्टी: महामानव वीपीका मानस पुत्रहरू हो ! आखिर तिमीहरूले के चाहेका छौ ? फेरि अर्को जनयुद्ध वा फेरि अर्को मधेश जनविद्रोह वा अर्को कुनै विस्मयकारी क्रान्ति ! तिमीहरूको यिनै करतुत र गुण्डाशैलीको राज्य हाक्ने सोचको कारण आफ्नो सैद्धान्तिक आधार संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्था गुमाऔ र बाध्य भएर लोकतान्त्रिक गणतन्त्र रोज्नु पार्यो भन्ने कुरा यति छिटो विर्सिहाल्यौ ? हामी ग्वालाहरू भैसीपालक हौ । त्यसैले उसको चरित्रसङ्ग राम्ररी वाकिफ छौ । के तिमीहरूलाई भैंसी बन्न वीपीले प्रजातान्त्रिक समाजबादका पाठ पढाएका थिए ? होइन भने प्राध्यापक प्रेम चिलाउनेलाई कुटेकोमा आदालतले दोषी ठहाराइसके पछि पनि तिमीहरूमा चेत किन आएन ? आज त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरू कसको कारणले असुरक्षित महसूस गर्दै कार्यालय आउन छाडेका छन ?
तिमीहरूको कारणले होइन र ? योगेन्द्र रावल को हुन (?) भन्ने कुरा थाहा पाउदापाउदै पनि नाथे एउटा गुण्डालाई ठिकान लगाउन नसक्ने महामन्त्री गगन थापा एक्लै चुनाव लडेर बहुमत ल्याउने जुन सपना देखिरहेका छन के त्यो यस्तै खाले हरकत र करतुतले सफल होला ? त्यसो भए काग्रेसको कोटामा मानविकी संकाय की डीन बनेर भर्खरै निवृत्त भएकी कुसुम शाक्यले विभागीय निर्णयको विरूद्ध कसरी सहप्राध्यापक टिकाराम गौतमको नाम सिफारिस गर्न पुगिन भन्ने कुरा बुझिनसक्नु छ । मानविकी तथा समाजशास्त्र विभागले त त्रिविवि कार्यविधि अनुसार वरिष्टता,जेष्ठता र कार्यक्षमताको आधारमा सहप्राध्यापक पाशाङ्ग शेर्पाको नाम सिफारिस गरेको थियो । होइन र ? तर, अफसोच भैसीजस्तो सोचबाट देश हाक्न पल्केका तिमीहरूलाई यो कार्यबिधीसङ्ग के मतलब ? मतलब भएको भए 2077 सालदेखि फायल थाती राखेर बढुवाको अन्तरबार्ता निवर्तमान शिक्षामन्त्री सुम्ना श्रेष्ठको पहलमा सुरक्षा घेराभित्र लिनु पर्ने अवस्थाको सिर्जना नै हुने थिएनन । वाह रे वर्तमान काग्रेसीजन ! चिन्तकद्वाय वीपी र प्रदीप गिरिका मानसपुत्रहरू | स्रोत :राम रिझन यादब











