बरियारपट्टीमा नेपाल -भारत सिमा नजिक बेवारिसे लास फेलापरेको छ
बरियारपट्टी: सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका अन्तर्गत पर्ने भारत सिमानजिक बेवारिसे अवस्थामा एक पुरुषको लास फेला परेको छ। लास स्थानीय बासिन्दाहरूले बिहान खेतबारी जादा खेतको आलिमा मृत अवस्थमा फेला पारेका थिए। लास हेर्न बितिकै स्थानीय प्रहरीलाई खबर गरेका थिए ।खबर हुने बितिकै स्थानीय प्रहरी घटना स्थलमा पुगि घटना स्थललाई नियन्त्रणमा लिएका थिए।
प्रहरी स्रोतका अनुसार, मृतकको पहिचान हालसम्म खुल्न सकेको छैन। मृतकको उमेर अनुमानित रूपमा ३० देखि ४० वर्षको बीचमा रहेको छ। घटना स्थलमा मृतकले कुनै परिचयपत्र वा अन्य प्रमाणहरू साथमा नराखेको र
हालसम्म मृतकको परिचय नखुलेकोले सनाखत हुन सकेको छैन।शवलाई हाल प्रादेशिक अस्पताल सिरहामा राखेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिनुभएको छ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ र भारत तथा नेपाल दुबै तर्फका सुरक्षा निकायहरू बीच समन्वय बढाई सीमा क्षेत्रको सुरक्षा कडा पार्ने कदम चालेको छ। स्थानीय बासिन्दालाई कुनै पनि शंकास्पद गतिविधि देखिएमा तुरुन्तै प्रहरीलाई जानकारी गराउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
यस घटनाले सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था प्रति प्रशन उठेको छ।

