सिरहाको गोलबजारमा मध्यरातमा लुटपाट, ४ घण्टा पछि आइपुग्यो प्रहरी
सिरहा । सिरहाको गोलबजार नगरपालिका १ स्थित मुक्सार बैरीवानमा एक समूहले मध्यरातमा धनमाल लुटपाट गरेको छ ।
स्थानीय जागेश्वर रामको घरमा गएराति करिब १२ बजेतिर १२/१५ जनाको समूहमा आएका लुटेराहरूले नगद, सुन र चाँदीका गहनाहरू लुटेर लगेको स्थानीय शिक्षक सागर पूर्वेले बताए।
उनका अनुसार लुटेराहरूले जागेश्वरलाई कुटपीट समेत गरी नगद, सुन र चाँदीका गहना लुटेर लगेको छन्।
घटनालगत्तै मुक्सारमै रहेको प्रहरी चौकीमा फोन गरेपनि ४ घण्टा पछिमात्र प्रहरी आइपुगेको थियो।
इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर सुनिल कार्कीले घटनाबारे अनुसन्धान भइरहेको बताए।

