बरियारपट्टी:भारत-नेपाल सिमा नाकामा अवैध लागुऔषध ब्राउन सुगर सहित तीन जना व्यक्तिहरु स्कार्पियो गाडीमा सवार अवस्थामा पक्राउ परेका छन्।

प्रहरी स्रोतका अनुसार, विशेष सूचनाको आधारमा  गोलबजार बाट खटिएको ब्युरो टोली र प्रहरी चौकी हरकट्टीको संयुक्त टोलिले औरही गाउँपालिका वडा नं.१(दरहीया) हनुमान चौक स्थित लदनियाँ बोर्डर जाने बाटोमा चेकजाँच गर्दा  भारतीय नम्बर प्लेट भएका  BR.06DC.4995  नम्बरको    स्काँर्पियो बाट  पलाष्टिक सहित ५.४०० ग्राम ब्राउन सुगर सहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका व्यक्तिहरुमा  सिरहा नगरपालिका वडा नं.१ बस्ने प्रदिप यादबको छोरा बर्ष २७ को पंकज यादब ,वडा नं. २ बस्ने हरि यादबको छोरा बर्ष २२ को शंकर यादब र औरही गाउँपालिका वडा नं. ५ बस्ने  लखन यादबको छोरा बर्ष २९ को प्रबिण यादब  रहेको छ। पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि हाल  जिल्ला प्रहरी कार्यालय सिरहामा राखि  घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको  छ।