1. बरियारपट्टी ।सिरहा जिल्ला बाट स्रोत नखुलेको  रकम १६  लाख सहित  दास पक्राउ  परेका छन  प्रहरी चौकी कचनारी, सिरहाबाट प्रहरी सहायक निरीक्षक बिरेन्द्र साहको कमाण्डमा प्रहरी टोलीले सिरहाको बारियारपट्टी गाउँपालिका वडा नं. १ गोरगम्मा बोर्डर स्थितमा भारतबाट नेपाल तर्फ स्रोत नखुलेको १६ लाख रूपैयाँ , १० प  ९८५३ नम्बरको मोटरसाइकल र १ जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ  पर्नेमा  बरियारपट्टी गाउँपालिका वडा नं. २ खोक्सिटोल बस्ने अन्दाजी बर्ष  ४८ को ललित दास रहेका छन् ।

दासले कम्मरमा सेतो गम्छामा बाँधी ल्याउदै गरेको स्रोत नखुलेको  रकम फेला पारि  रीतपुर्वक बरामद गरिएको रकम र मोटरसाईकल सहित दासलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेशपुरपतारी सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको  जिल्ला प्रहरी कार्यलय सिरहाले जनाइएको छ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]