अन्तर्वार्ता खेलकुद अन्य नेपालको बाढीले भारतको बिहार तहसनहस, सीतामढीमा बाँध फुटेपछि सहर टापुमा परिणत
नेपालको बाढीले भारतको बिहार तहसनहस, सीतामढीमा बाँध फुटेपछि सहर टापुमा परिणत

Janaboli News

काठमाडौं । नेपालको बाढी सप्तकोसी हुँदै भारतको बिहार पुगेपछि त्यहाँ तहसनहस भएको छ । ठाउँ ठाउँका बाँध नै भत्किएका छन् । बिहारको वीरपुर र वाल्मीकिनगर ब्यारेजबाट लगातार पानी छोडेपछि अहिले पूरै राज्य बाढीको चपेटामा परेको छ। बिहार सरकारले आइतबार वीरपुर र वाल्मीकिनगर ब्यारेजबाट भारी पानी छोडेपछि राज्यको उत्तरी, दक्षिणी र मध्य भागहरूमा बाढी गएको हो ।
सीतामढीमा बाँध भत्कियो
आइतबार सीतामढी जिल्लाको मधकौल गाउँमा बागमती नदीको बाँध फुटेको र मर्मतको काम भइरहेको बताए । सीतामढीका जिल्ला मजिस्ट्रेट (डीएम) रिची पाण्डेले भने, यस घटनाका कारण गाउँलेहरूलाई सुरक्षित स्थानमा सारिएको छ र मर्मतको काम भइरहेको छ। समाचार एजेन्सीका अनुसार वीरपुर ब्यारेजबाट ठूलो मात्रामा पानी छोडेपछि शनिबार राति गोपालपुर नजिकैको कोशी पूर्व तटबन्धबाट लिकेज भएको खबर जलस्रोत विभागका इन्जिनियरहरुले दिएका थिए ।
५६ वर्षकै अधिकतम पानी
कोशी नदीमा रहेको वीरपुर ब्यारेजबाट बिहान ५ बजेसम्म ६ लाख ६१ हजार क्युसेक पानी आएको छ । जुन ५६ वर्षयताकै उच्च हो । राज्य जलस्रोत विभागको नयाँ बुलेटिनका अनुसार पछिल्लो पटक सन् १९६८ मा यस ब्यारेजबाट ७ लाख ८८ हजार क्युसेक पानी आएको थियो । अधिकारीहरूले भने कि यसले १४ जिल्लाका १६.२८ लाख भन्दा बढी मानिसहरूको अवस्था बिग्रन सक्छ । जो पहिले नै भारी वर्षा पछि बाढीबाट प्रभावित थिए। त्यस्तै गण्डकको वाल्मीकिनगर ब्यारेजबाट शनिबार राति १० बजेसम्म ५ लाख ६२ हजार क्युसेक पानी छोडिएको छ । सन् २००३ मा ६.३९ लाख क्युसेक पानी छोडेपछि यो ब्यारेजबाट सबैभन्दा बढी पानी अहिलेको हो । सावधानी स्वरुप कोशी ब्यारेज नजिक सवारी आवागमन बन्द गरिएको छ ।

