बरियारपट्टी,सिरहा।शाकाहारी भोजनप्रति आकर्षण बढ्दै गएको परिवेशमा सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका वडा नं.-३,बरियारपट्टी चौकमा नयाँ “ शुभ साइत” नाम रहेको शाकाहारी होटलको उद्घाटन गरिएको छ। उक्त होटलले स्थानीय तथा आगन्तुक ग्राहकलाई स्वच्छ, स्वस्थ र स्वादिष्ट शाकाहारी परिकारहरूको सेवा प्रदान गर्नेछ।

सिरहाको बरियारपट्टीमा खुलेको यो होटलले पारम्परिक नेपाली शाकाहारी परिकारसँगै भारतीय र अन्य अन्तर्राष्ट्रिय शाकाहारी व्यञ्जनहरू पनि उपलब्ध गराउने जानकारी होटलका सञ्चालक बैजनाथ यादवले दिएका छन्। होटलमा स्थानीय ताजा सामग्री प्रयोग गरी तयार पारिएका परिकारहरू विशेष आकर्षणको केन्द्रबिन्दु हुनेछन्।

उद्घाटन कार्यक्रममा स्थानीयहरूको ब्यापक सहभागीता रहेको थियो ।स्थानीयहरूले शाकाहारी भोजनको महत्व र यसले स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावको चर्चा गरे। साथै, यो होटलले स्वस्थ जीवनशैलीलाई प्रवर्द्धन गर्न र स्थानीय आर्थिक गतिविधिलाई टेवा पुर्‍याउने विश्वास पनि व्यक्त गरे।

होटलका व्यवस्थापक यादवले भने, “शाकाहारी भोजनमा रुचि राख्नेहरूको मागलाई ध्यानमा राख्दै हामीले यो होटल सुरु गरेका हौं। यहाँ गुणस्तरीय सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिइनेछ।”

बरियारपट्टीमा पहिलो पटक यति ठूलो स्तरमा शाकाहारी होटल सञ्चालनमा आएको हो, जसले पर्यावरणमैत्री र स्वस्थ खानपानको संस्कृतिलाई थप प्रोत्साहित गर्ने लक्ष्य लिएको छ।