नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड बरियारपट्टी शाखाले गरे ३४० जना बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण
बरियारपट्टी,असोज २८।नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड बरियारपट्टी शाखाले गरे दशैं, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी स्थानीय बिद्यालयका बिद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ। उक्त कार्यक्रमले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सहयोग पुर्याउने लक्ष्य राखेको थियो।
कार्यक्रमको शुरूवातमा स्थानीय विद्यालयका प्रधानाध्यापक राम बिनय यादवले प्रमुख अतिथि ,विशिष्ट अतिथि र अतिथिहरूलाई स्वागत गर्दै भने, “नेशनल लघुवित्तले यसरी बिद्यार्थीहरूको शिक्षामा सहयोग पुर्याएकोमा विद्यालय परिवार अत्यन्त आभारी छ। यस प्रकारका सहयोगले विद्यार्थीहरूलाई थप उत्साहित बनाउनेछ।” यस किसिमका कार्यहरूले विद्यार्थीहरूको शैक्षिक सुधारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा बिशिष्ट अतिथि बरियारपट्टी गाउँपालिकाका उपाध्यक्ष ममता कुमारी यादव ,वडा अध्यक्षहरू देबेन्द्र प्रसाद यादव ,बिनोद कुमार यादव र शिवनारायण यादव लगायत अतिथिहरू शिक्षक ,प्रधानाध्यापक ,समाजसेवी तथा राजनीतिक दलका प्रतिनिधिहरूले दशै,दिपावली तथा छठपर्वको शुभकामना दिदै अ-आफना मन्तव्य राखेका थिए।कार्यक्रमका प्रमुख अतिथि संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राम बहादुर यादवले बोल्दै भने, “हामीले समाजका पिछडिएका वर्गका बालबालिकालाई शिक्षामा प्रोत्साहन गर्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरेका हौं। आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाको उज्ज्वल भविष्यको लागि यस्ता कार्यक्रम आवश्यक छन्।” उनले लघुवित्तको भूमिकाले ग्रामीण क्षेत्रमा शिक्षा र सशक्तीकरणको महत्वपूर्ण योगदान रहेको समेत बताए।नेशनल लघुवित्तले यस किसिमका सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता यादवले जनाए।
त्यस्तै कार्यक्रममा बरियापट्टी गाउँपालिका वडा नं.-१ मा अवस्थित सरस्वती आ.बि.गडगामा र जन्ता आ.बि.गडगामाका जम्मा ३४० जना बिद्यार्थीलाई प्रमुख अतिथि यादव र सभा अध्यक्ष बरियारपट्टी गाउँपालिकाका अध्यक्ष संतोष कुमार महतोले संयुक्त रूपमा ब्याग ३४० थान,पोशाक ३४० थान कापी ६८० थान र पेन ३४० थान शैक्षिक सामग्री बिद्यार्थीहरू लाई हस्तान्तरण गरे।
कार्यक्रमको अन्तमा सभा अध्यक्ष संतोष कुमार महतोले दसै, दिपावली तथा छठ पर्वको शुभकामना दिदै भने निजि बिद्यालय भन्दा सामुदायिक बिद्यालयमा नै शिक्षकहरू योग्य हुन्छ।यदि हामी सबै मिलेर सामुदायिक बिद्यालयलाई सुधार गर्न सकियो भने ,सामुदायिक बिद्यालय बाट पढेका बिद्यार्थीहरू नै राम्रो हुन्छ भन्दै केही थप मन्तव्य राख्दै कार्यक्रमलाई समापन गर्नुभयो ।


कार्यक्रमको शुरूवातमा स्थानीय विद्यालयका प्रधानाध्यापक राम बिनय यादवले प्रमुख अतिथि ,विशिष्ट अतिथि र अतिथिहरूलाई स्वागत गर्दै भने, “नेशनल लघुवित्तले यसरी बिद्यार्थीहरूको शिक्षामा सहयोग पुर्याएकोमा विद्यालय परिवार अत्यन्त आभारी छ। यस प्रकारका सहयोगले विद्यार्थीहरूलाई थप उत्साहित बनाउनेछ।” यस किसिमका कार्यहरूले विद्यार्थीहरूको शैक्षिक सुधारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।