बरियारपट्टी:सिरहा सशस्त्र प्रहरी बलले अबैध रूपमा सिमानाका पारगर्न लागेका मदिरा नियन्त्रणमा लिएको छ।
खुला सिमानाका  र भारत बिहार राज्मा मदिरा बन्द भएको कारण सिरहा न.पा.वडा नं.-५ बुधाैरा स्थित सीमा ईलाकामा सशस्त्र प्रहरी बल र  प्रस्तावित सीमा सुरक्षा गुल्म माडरबाट स.प्र.ना.उ.लोकेन्द्र सुब्बाको कमान्डमा खटिएका गाडी मोबाइल गस्ती टोलिले नेपालबाट भारत तर्फ अबैध  रूपमा निकासी गर्दै गरेको अबस्थामा सोफी मदिरा -७५ कार्टुन ,हिस्की-१२ बोतल  र मोटरसाइकल -३  थान सहित करिब ६ लाख बराबरको  सामग्री फेला परी आवश्यक कार्वाहीका लागि भन्सार कार्यालय माडरमा बुझाएको,सशस्त्र प्रहरी बल सिरहाका डि.एस.पि हरि प्रसाद शर्माले जानकारी दिएको छ।