जनकपुर:मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले मैथिली विकास कोषको जनकपुरधाम उपमहानगरपालिका–८ स्थित निर्माणाधीन भवनको बिहीबार भ्रमण अवलोकन गरेका छन् ।

मुख्यमन्त्री सिँहलाई कोषका अध्यक्ष जीवनाथ चौधरी, नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री रामसरोज यादव, नेपाली काँग्रेस धनुषाका उपसभापति गणेश झा, प्रमोद चौधरी, श्याम शशिलगायतले स्वागत गरेका हुन् ।

प्रदेश सरकारको सात करोड रूपैयाँको लगानीमा पाँच कट्ठा क्षेत्रफलभित्र निर्माण भइरहेको कोषको भवनमा साँस्कृतिक सङ्ग्रहालय, पुस्तकालय, मिथिला लोकचित्रकला प्रशिक्षण केन्द्र, कला प्रदर्शनी कक्ष, श्रव्यदृश्य कार्यसम्पादन कक्ष, सेमिनार हल लगायत रहनेछन् ।तत्कालीन जिल्ला विकास समिति धनुषाले गत २०५८ सालमा स्थापना गरेको कोषले दुई वर्षको अन्तरालमा जनकपुर साहित्य महोत्सव तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवको आयोजना गर्दैआएको छ ।

कोषले गत तीन वर्षयता मासिक कथा एवम् कवि गोष्ठी आयोजना गरिरहेको छ ।मैथिली भाषा एवम् साहित्यसँग सम्बन्धित एक दर्जनभन्दा बढी पुस्तक प्रकाशन गरिसकेको कोषले ५१–५१ हजार राशिको पुरस्कारसमेत स्थापना गरेको छ ।मुख्यमन्त्रीद्वारा मैथिली विकास कोषको निर्माणाधीन भवन अवलो गरेका हुन।