बरियारपट्टी नाकाबाट भन्सार छलि गरि ल्याइरहेको लाखौं मुल्यको लत्ताकपडा बरामद
कार्तिक २६,बरियारपट्टी। सिरहको बरियारपट्टी गाउँपालिका ,नरहा गाउँपालिका र सिरहा नगरपालिका बाट कानुन बिपरित भन्सार छलि गरि ल्याइरहेको लाखौं मुल्य पर्ने लत्ताकपडा प्रहरीले नियन्त्रणमा लिई बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय सिरहा तथ मातहत समेतबाट खटिएको प्रहरी टोलिले बरियारपट्टी गाउँपालिका वडा नं.-३ , नरहा गाउँपालिका वडा नं.-१ र सिरहा नगरपालिका वडा नं.-७ बाट फरक फरक समय र मितिमा भारतबाट कानुन बिपरित लुकिछिपि ल्याइरहेको लत्ताकपडा तथा किरानाका सरसामानहरू नियन्त्रणमा लिई बरामद गरेको छ।

अधिकतम मुल्य १२ लाख ७ हजार ७ सय ४५ रहेको प्रहरीले नियन्त्रणमा लिइएका सरसामानहरू रित्तपुर्वक सिरहा भन्सार कार्यालय माडरमा बुझाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानले जनाएको छ।

