कार्तिक २९,सिरहा।अनेरास्ववियू सिरहा नगरपालिकाको दोस्रो नगर सम्मेलन  सम्पन्न भएको छ। सिरहा -७ पञ्चमुखी हनुमान मन्दिरको सभा हलमा करिव ३०० जना विद्यार्थीहरूको उपस्थिति रहेको थियो।


उक्त सम्मेलन  मधेस प्रदेशको पुर्ब कानुन मन्त्री बर्तमान प्रदेश सभा सदस्य माननीय प्रमोद यादबज्यू को प्रमुख आतिथ्यमा भब्यताको साथ सम्पन्न भयो।सम्मेलनबाट सर्बसहमतिबाट अध्यक्षमा गणेश यादव ,उपाध्यक्ष सिबम यादव,रामजनम यादव,कोषा-अध्यक्ष प्रतिभा यादव,सचिब पंकज यादव,सह-सचिब कृष्ण यादव,आलोक यादव लगायत ३१ सद्स्य अनेरास्ववियू नगर  कमिटी गठन गरियो।निर्वाचित सम्पुर्ण कमिटीलाई प्रमुख अतिथि यादवले हार्दिक बधाई दिदै सफल कार्यकालको शुभकामना  दिए।