बरियारपट्टी।सिरहा बरीयारपट्टी गाउँपालिकामा आज वडा नं.४ मा आर्थिक अवस्था कमजोर ,दलित ,एकल महिला र अपांगहरूलाई न्यानो कम्बल वितरण गरिएको छ।

Winter Relif Program(2024-2025) अन्तरगत Helping Hand संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वको उत्कृष्ट नमुना प्रस्तुत गर्दै, पालिका संग समन्वय गरि वडा नं.४ मा ४० जनालाई न्यानो कम्बल वितरण गरिएको छ।यो पबित्र कार्यले जाडो माैसममा समुदायका कमजोर ,दलित ,एकल महिला ,अपांग र समवेदनशील वर्गको जीवन सुधार गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष ममता कुमारी यादव ,वडा अध्यक्ष नवीन कुमार यादव,संस्थाका प्रतिनिधिहरू,युवाहरू,सामाजिक अभियान्ता तथा स्थानीयहरूका उपस्थिति रहेको थियो।

कार्यक्रममा उपाध्यक्ष ममता कुमारी यादवले भनिन् ,न्यानो कम्बल वितरणले दलित,एकल महिला र अपांग समुदायका लागि यो सहयोगले उनिहरूको जीवनमा सानो भएता पनि सहजता ल्याउने बिश्वास ब्याक्त गरे।
उपाध्यक्ष यादवले Helping Hands संस्थाको काम प्रति कृतज्ञता ब्यक्त गर्दै ,यस्तो सहयोगले लक्षित बर्ग लाई जाडोको चुनाैति सामना गर्न मदत गर्ने बताउनुुु भयो ।











