३७ औ विश्व एड्स दिवसको अवसरमा सिरहामा एचआइभी एड्स न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरी मनाइयो
मंसिर १७ सिरहा।“एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौं” मूल नाराका साथ सिरहमा एचआइभी एड्स न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको छ ।
सिरहको चन्द्र नमुना माध्यमिक विद्यालय र बाल मन्दिर र माध्यमिक विद्यालय गरी सामुदायिक शान्ति केंन्द्र भल्वाही र युवा संज्ला कल्याणपुरमामा परिवर्तनका लागि हामीको आयोजनामा र युएनएआइडीएसको आर्थिक सहयोग र प्रदेश युवा संजाल मधेश प्रदेशको सहकार्यमा एचआइभी एड्स न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको हो ।
कार्यक्रममा एचआइभी एड्सको सामान्य जानकारी, एचआइभी एड्सको वर्तमान तथ्यांक, एचआइभी सर्ने माध्यमहरु, एचआइभीका मुख्य लक्षणहरु, एचआइभी रोकथामका उपायहरू, एचआइभी नियन्त्रण गर्ने उपचारका विधि तथा यसको उपचार गर्ने निकायहरूका विषयमा प्रशिक्षण दिइएको थियो । कार्यक्रम लाई सहजीकरण मो. नइम राईन र मरियम खातुनले गर्नु भएको थियो ।
एचआइभीसँग सम्बन्धित लज्जा तथा भेदभाव र यसले गर्दा मानसिक स्वास्थ्यमा पर्ने असरहरु, एचआइभी उच्च जोखिममा रहेको समुह र एचआइभीसँग सम्बन्धि मिथक तथ्यहरुको बारेमा समेत कार्यक्रमका सहभागीहरुलाई जानकारी दिइएको बताइएको छ ।
सोही क्रममा विद्यालयमा गराइएको हाजिरी जवाफ प्रतियोगीताका विजेता विद्यार्थीहरुलाई “बालबालिका विरुद्ध हुने लैङ्गिक हिंसा” टिसर्टस पुरस्कृत गरिएको मो. नइम राईनले जानकारी गराउनु भयो ।

