मंसिर १८,बरियारपट्टी।बरियारपट्टी गाउँपालिकाको हुलाकी सडक अन्तर्गत कजरा चाैकमा जडान गरिएका सीसी क्यामेराहरूको अवस्था दयनीय रहेको र ती क्यामेराहरूले अपेक्षित काम नगरेको भन्ने गुनासो स्थानीयबासीबाट आएको छ। सुरक्षा व्यवस्था सुदृढ बनाउन र आपराधिक गतिविधिमा कमी ल्याउन जडान गरिएका यी क्यामेराहरू बिग्रिएको अवस्थामा  छन्।

स्थानीय सरकारले यसप्रति कुनै ठोस कदम नचालेको देखिन्छ। स्थानीय सरकारले नै  क्यामेराहरू लगाएको  तर मर्मत तथा नियमित अनुगमनको अभावले गर्दा यस प्रणालीले आफ्नो उद्देश्य पूरा गर्न सकेको छैन। यसको असर सुरक्षा व्यवस्थापनमा परेको छ, जसले चोरी, दुर्घटना, र अन्य गतिविधिहरूलाई अनुगमन गर्न कठिन भएको छ।

स्थानीय सरकार तथा सरोकारवाला निकायहरूले शीघ्र रूपमा सीसी क्यामेराहरू मर्मत गरी प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन पहल गर्नुपर्ने देखिन्छ । साथै, यसका लागि नियमित निगरानी र बजेट व्यवस्थापन गर्न आवश्यक छ।