किशोरी बलात्कार अभियोगमा पूर्वमेयर जेल चलान
बिराटनगर –घरमा काम गर्न राखिएकी १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुव शिवाकोटी जेल चलान भएका छन् ।
मंसिर २४ मा पक्राउ परेका शिवाकोटी हिजोबाट जेल चलान भएका हुन् । झापा जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन सोमबार आदेश दिएको श्रेस्तेदार किरणकुमार सिंहले जानकारी दिए ।

