सिरहा- सिरहा,सप्तरी ,धनुषा पर्सा,बारा र रौतहट लगायत मधेस प्रदेशका सबै जिल्लाहरुमा चिसो बढदै गएको छ। पछिल्लो तीनचार दिन देखि मधेसका जिल्ला हरुमा चिसो बढन थालेको छ । पछिल्ला दिनमा बिहानैदेखि बाक्लो कुहिरो र चिसो हावा चल्दै आएको छ। जसले गर्दा मधेसका जिल्ला हरुको जनजीवन प्रभावित हुँदै आएको छ।
चिसोका कारणले बितेको दुई दिनदेखि दिनभरी नै जाडो महसुस भइरहेको स्थानीयले बताएका छन ।चिसो बढेर हुस्सु लाग्न थालेकाले चिसोबाट बच्न मधेसका मानिस हरु घुर ताप्न थालेका छन्।
मधेशका गरिब परिवार जाडो छल्ने मुख्य साधन आगो हो । न्यानो लुगाको अभावमा कठ्यांग्रिएर र आगो ताप्ने क्रममा जलेर मधेश प्रदेशमा २०७९ मंसिरयता मात्रै १५ जनाको मृत्यु भइसकेको छ ।
चिसोबाट बच्नको लागि समान्री परिवारदेखि बिपन्न सम्मकाले मधेसमा घुरको आगो ताप्ने गरेका छन ।बिहानदेखि नै जाडो बढी लाग्न थालेकाले बालबालिका देखी,युवा,वृद्धसम्मलाई प्रभावित पारेको सिरहा, बरियारपट्टी गाउँपालिका-३ का विजय कुमार यादवले बताए ।चिसोका बिहान बेलुका घरबाट बाहिर निस्कन समेत समस्या हुने गरेको उनले बताए।
चिसोले गर्दा नै अहिले स साना स्कुले बालबालिकाहरुको पठनपाठनमा समेत असर परेको यादवको भनाइ छ ।बिहान एकदमै बाक्लो कुहिरो लागेका कारण नजिकैको बस्तुसमेत हेर्नमा कठिनाइ भइरहेको सवारी चालक बरियारपट्टी गाउँपालिका-३का बिनोद यादवले बताएका बताए ।
तीनवटै तहका सरकारले शीतलहरबाट गरिब तथा विपन्न परिवारलाई जोगाउन वास्ता गरेको देखिंदैन । कसैले केही दाउरा वितरण गरेको त, केहीले न्यानो लुगा बाँड्ने काम गरेको देखाउने गरेका छन् । तर यस्तो सहयोग पनि विपन्न बस्तीसम्म पुग्ने गरेको छैन ।











