काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा गरेको अन्तरघात स्वीकार नगरेसम्म समाजवादी मोर्चामा सहभागी नहुने बताएका छन्। उनले बुधबार हिमालप्रेससँगको कुराकानीमा भने, ‘मोर्चालाई देखाएर नेता बन्ने, तर मौका पाएसँगै अन्तरघात गर्ने। अनि किन जाने मोर्चामा?’ प्रचण्डबाट विगतमा भएको विश्वासघातबारे प्रस्ट नहुँदासम्म मोर्चामा जाने कुनै सम्भावना छैन।