सुस्ता नेपालको भुमि भए पनि बाटो बनाउन दिएन
सुस्ता नेपालको अखण्ड भूभाग हो भन्ने कुरा यो झुलङ्गे पूलले पनि पुष्टि गर्द्छ । किनकि, पूल बन्नुभन्दा पहिले सुस्ता विरानोजस्तो लाग्थ्यो । तर, पाच महिना पहिले राष्ट्रपति आरसी पौडेलले उदघाटन गरेको यो पूलले सुस्तावासीलाईमात्र होइन, भारतीयको लागिसमेत वरदानसरह भएका छन । यतिमात्र होइन, जनपद र सशस्त्र प्रहरीको क्याम्पसङ्गै निर्माण गरिएका चिल्ला सडकहरूले पनि कुटनीतिक रूपमा नेपालले आफ्नो स्वामित्यताको जवाफ दिएका छन । तर पनि के हो कुन्नी करिव 150 घरधूरीले नागरिकता पाएका छैनन, जग्गाको लालपूर्जा त कता हो कता ! सुस्तामा मधेशी समुदायको बसोवास छ । दुखको कुरा के छ भने त्यहा 8 कक्षासम्म स्कूल भएपनि पढ्ने विद्दार्थीको सङ्ख्या थोडै छन । सिङ्गो गाउमा शिक्षाको घाम लाग्न सकेको छैन । तर पनि एउटा अशिक्षित गाउले देशको भूमिलाई जसरी रक्षा गरेको छ त्यसलाई ढोग्न मन लागेकोले हिजो त्यहा पुगेको हो । विजुलीको अभावमा त्यहा पोष्ट गर्न सकिन । सोलर इनर्जीको व्यवस्था भए पनि जाडो याममा त्यसले राम्ररी काम गरेको छैन । सवैभन्दा दुखको कुरा केही वर्ष पहिले नारायणी नदीको बाढीबाट विस्थापित भएका सुस्ता गाउको जग्गालाई भारतले दावी गर्न थालेका छन । 2066 सालमा म डा बाबुराम भट्टराईसङ्ग आउदा सिमलको रूखसम्म नेपाल हो भन्ने कुरा अहिले पनि याद छ । तर, अहिले त्यहा बाटो बनाउन दिएनन ।

