सिरहा । श्री जनता माध्यमिक विद्यालय प्राविधिक गोलबजारमाबेतलवी असाधारण बिदामा बसेकी शिक्षिकाको तीन लाख तलबनिकासा गरेर प्रधानाध्यापक भरत साह र नगर शिक्षा शाखाकाअधिकृत सुवोध लामाले अपचलन गरेको घटना सार्वजनिक भएको छ ।
प्राप्त जानकारी अनुसार शिक्षिका बिमला झा गत २०८१ जेठ १०गतेदेखि विद्यालयमा अनुपस्थित छिन् । शिक्षिका झाले बेतलवीअसाधारण बिदाका लागि निवेदन दिएकी थिइन् । उनको बिदास्वीकृतिको लागि विद्यालयबाट वडा कार्यालयको सिफारिससहितनगरपालिकाको शिक्षा शाखामा पठाइयो । शिक्षा अधिकृत लामालेपनि सिफारिससहित उनको फाइल जिल्ला शिक्षा समन्वय इकाईसिरहामा पठाइ दिए । तर बिदा स्वीकृति भएन ।
बिदा स्वीकृति नभएपनि शिक्षिका झा छोरीको अतिथि बनेर अष्ट्रेलियागइन् । उनी अहिलेसम्म फर्केकी छैनन् । तर प्रधानाध्यापक भरत साहलेउनको हाजिरी प्रमाणित गरेर नगर शिक्षा शाखामा पठाए ।नगरपालिकाले २०८१ असोजसम्मको तलब निकासा दियो ।प्रधानाध्यापक साहले विद्यालयबाट झाको तलब २ लाख ९६ हजार ३सय ४५ रुपैयाँ ६३ पैसा निकासा लिए । उनले हाजिरी रजिष्टरमाआफैले हाजिरी गरिदिएका छन् ।
शिक्षिका झाको तलब निकासा लिएर अपचलन गरेको भन्दैविद्यालयका एक शिक्षकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमानिवेदन दिएपछि घटना प्रकाशमा आएको हो ।
आयोगको कार्यालय बर्दिवासले प्रधानाध्यापक साहलाई बोलाएरस्पष्टीकरण लिएको छ । अख्तियारले फाइल मागेपछि अत्तालिएकाप्रधानाध्यापकले हाजिरी रजिष्टरमा टिपेक्स लगाएर हाजिरी मेटाएकाछन् र गयल जनाइदिएका छन् । तर उनले अपराध लुकाउन गरेकोप्रयासले उनलाई झन् उदाङ्गो पारिदिएको छ ।
यस सन्र्भमा प्रधानाध्यापक साहसँग जिज्ञासा राख्दा उनले भने,‘शिक्षिका झा अष्ट्रेलिया गएकी हुन् र उनको बिदा समेत स्वीकृतभएको छैन ।’ तलब किन र कसरी निकासा भयो भनेर प्रश्न गर्दा, प्रअसाहले यस विषयमा भेटेरै कुरा गर्छु भनेर फोन काटेका थिए ।
यता शिक्षा शाखा प्रमुख सुवोध लामासंग प्रश्न गरियो–आफैलेअसाधारण बिदा स्वीकृतिको लागि सिफारिस गरेको शिक्षिका झाकोहाजिरी कसरी रुजु गरियो र किन तलब निकासा दिनुभएको भनेर प्रश्नउर्दा उनले भने,‘ झुक्किएर गयो होला । फिर्ता गराउने प्रक्रियाथालिएको छ ।’ प्रअ र तपाईँले आधा आधा बाँडेर खाने मिलिभगतगर्नुभएको आरोप छ नी भन्दा उनी भडकिए । चर्को स्वरमा बोल्दै उनलेभने,‘पत्रकारिता गर्नुस्, मानिसलाई तनावमा पार्ने काम नगर्नुस् ।’
संविधान सभा सदस्य तथा पूर्वप्रदेश सांसद जगत यादब भन्छन्,‘यसप्रकरणमा हेडमास्टर र शिक्षा अधिकृतको मिलिभगत देखिन्छ ।’बिमला झाको बेतलवी बिदा स्वीकृति गरिदिन शिक्षा अधिकृत सुवोधलामाले आफैले सिफारिस गरेका थिए । त्यही शिक्षिकाको हाजिरीप्रमाणित र तलब निकासाको माग आउँदा शिक्षा अधिकृत लामालेकसरी र किन रुजु गरे ? किन तलब निकासा दिए ? यसमा झाको तलबझिकेर प्रधानाध्यापक र शिक्षा अधिकृतले बाँडेर खाने प्रपञ्च रचेकोप्रष्ट देखिन्छ । अझ मेयर श्याम श्रेष्ठको पनि सहमति हुनसक्छ ।किनकी शिक्षा अधिकृत लामा मेयर श्रेष्ठको अवैध रकम संकलकबनेका छन् । गोलबजार नगरपालिकाको शिक्षा शाखा भ्रष्टाचारकोअड्डा बनेको छ ।
यस विषयमा गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरिलाल पुरीको प्रतिक्रिया माग्दा उनले भने,‘म फाइल अध्ययन गर्दैछु ।दोषी जो भएपनि कारवाही गर्छु ।’ उनले शिक्षा अधिकृत लामाकोसंलग्नता देखिए उनलाई पनि कारवाहीको दायरामा ल्याउने बताए ।











