सिरहा- सिरहाको  भगवानपुर गाउपालिकामा रहेको  श्री बालासुन्दरी माध्यमिक विद्यालय भगवानपुरमा प्रधानाध्यापक बने  बिबाद  उत्कृष्टमा पुगेको छ।  शिक्षक शैलेन्द्र यादव श्री बालासुन्दरी माध्यमिक विद्यालय  भगवानपुरमा उहाँ एक मात्र माध्यमिक  त्रितिय स्थायी शिक्षक हुन। हाल उक्त बिद्यालयमा  राहत करारका शिक्षक  संतोष कुमार झा प्रधानाध्यापक हुनुहुन्छ । शिक्षा ऐन र नियमावली अनुसार शैलेन्द्र यादव त्यो बिद्यालयका वरिष्ठतम् शिक्षक रहेकोमा कुनै बिवाद छैन। जुन कुरा अदालतको आदेशबाट पनि प्रष्ट हुन्छ।

शिक्षक यादव भन्छ म बिगत ३ बर्षदेखि  न्यायको खोजीमा कहिले गाउँ पालिका त कहिले  शिक्षा बिकास तथा समन्वय इकाईको चक्कर लगाउदा लगाउदै थाकेर अदालतको ढोका ढकढक्याउन पुगे। अदालतले शिक्षक  यादव वरिष्ठतम् शिक्षक भएकोले उहाँलाई  नै प्रधानाध्यापकको जिम्मेवारि दिन  भगवानपुर गाउँपालिका र शिक्षा बिकास तथा समन्वय इकाई सिरहाको नाममा आदेश जारी गरे। तर यहि बिचमा शिक्षक  यादवलाइ  भगवानपुर गाउँपालिकाले सुनयोजित तरिकाले कानुन बिपरित सरुवा गर्दिए। यद्यपि कानुन अनुसार अदालतमा मुद्दा बिचाराधिन रहेको अवस्थामा सरुवा गर्न मिल्दैन कानुनका जानकारहरूको भनाइ रहेको छ। उक्त बिद्यालयमा यादव नै एक मात्र स्थायी माध्यमिक  शिक्षक हुन ।
स्थानीय अभिभावकका अनुसार  बिद्यालयमा शिक्षकको अभाव छ। विद्यार्थीहरुलाइ शिक्षक चाहिएको छ। तर गाउँपालिका लाई शिक्षकको आवश्यकता देखिदैन। यसबाटके स्पष्ट हुन्छ भने विद्यालयको शैक्षिक अवस्था अस्थिर राखनुमा स्थानीय सरकारको नै मुख्य भुमिका देखिन्छ ।
शिक्षक  यादवलाई  स्थानीय सरकारले अधिकारबाट  बन्चित गर्न नियम बिपरित सरुवा गरेर अनावश्यक दुख दिदै आएको प्रष्ट देखिन्छ। यसबाट शिक्षक मात्र पिडित देखिदैन। विद्यार्थी समेत SEE को मुखमा पढ्न पाउने अधिकारबाट बन्चित भएको छ।

अदालतको आदेशलाई उल्लंघन गर्दै भगवानपुर  गाउँपालिका र शिक्षा तथा समन्वय इकाइ सिरहाले अहिलेसम्म यादवलाई प्रधानाध्यापकको  जिम्मेवारी दिन मानेको छैन। फेरि शिक्षक यादव नियम बिपरित सरुवाको विरुद्ध अदालत जादा शिक्षक  यादवकै पक्षमा अदालतले आदेश जारी गर्छ र पुनः शिक्षक यादवलाई उहाँको कानुन बमोजिमको अधिकार दिन आदेश गरेको छ। यता गाउँपालिकाकोको बुझाइ के रहेको छ भने यो हाम्रो अधिकार हो कसलाइ प्रधानाध्यापक  बनाउने भनेर। गाउँपालिका र तालुकदार निकायले हामी  कानुन मान्दिन भन्न खोजेकै हो त? अब स्थानीय सरकारले कानुन मान्न छोडेपछि जनताले न्याय र सुशासनको अनुभूति गर्न सक्ला र ? बारम्बार अदालतको आदेशलाई भगवानपुर गाउँपालिका र शिक्षा बिकास तथा समन्वय इकाई सिरहाले   किन चुनौती दिन खोजेको होला । एउटा राहत शिक्षकलाइ नियम बिपरित प्रधानाध्यापक बनाई राख्ने जिदमा किन अदालतको अवहेलना मुद्दाको प्रतीक्षा गरिराखेका होलान् ?

यस सम्बन्धि भगवापुर गाउँपालिकाका शिक्षा प्रमुख संग कुरा गर्दा  टुडे संग घुमाउरो पारामा जवाफ दिदै भने, यो विषय अदालतमा गैसकेकोले हामीले यो विषयमा केही भन्न मिल्दैन ।अब जे हुन्छ कानुन अनुसार हुन्छ।