बरियारपट्टी चाैकमा मोटरसाइकल दुर्घटनामा एमाले नेता महेन्द्र यादवको निधन
बरियारपट्टी, फागुन ११ – हुलाकी राजमार्ग अन्तर्गत सिरहाको बरियारपट्टी चाैक पेट्रोल पम्प नजिकमा भएको मोटरसाइकल दुर्घटनामा नेकपा (एमाले) का सक्रिय नेता महेन्द्र यादवको उपचारका क्रममा निधन भएको छ।
दुर्घटना शुक्रबार साँझ करिब ४ बजे ९ गते भएको थियो। यादव बाटोको पेटिमा हिडिरहेका वेला विपरीत दिशाबाट आएको स९ प ५६०० नम्बरका मोटरसाइकलले ठक्कर दिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। गम्भीर घाइते भएका यादवलाई तत्काल प्रादेशिक अस्पताल सिरहामा भर्ना गरिएको थियो। त्यहा उपचार सम्भव नहुदा तत्कालै बिराटनगर न्युरो अस्पताल पुर्याएका थिए। तर, उपचारका क्रममा आज बिहान करिव ९बजे उनको निधन भएको चिकित्सकहरूले पुष्टि गरेका छन्।
यादव एमालेका सक्रिय नेता मात्र नभई समाजसेवामा पनि सक्रिय थिए। उनको असामयिक निधनले पार्टी र समाजमा अपूरणीय क्षति पुगेको भन्दै स्थानीयहरूले उनको निज निवास बरियारपट्टीमा १००औं शुभचिन्तक ,नेता तथा कार्यकर्ताहरूले पार्टीको झण्डा ओढाइ शोक व्यक्त गरी हिन्दु रीतिरिवाज अनुसार परिवार जनको उपस्थितिमा अंत्येष्टि गरेका छन्।
मोटरसाइकल र मोटरसाइकल चालक सुखिपुर नगरपालिका वडा नम्बर -२ छजनाको अन्दाजी बर्ष ६०को हरिनारायण यादव प्रहरीको नियन्त्रणमा रहेको छ।घटनाको बिस्तृत अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रवक्ता डि.एसपी .बिरेन्द्र पासवानले वताए ।

