बरियारपट्टी, सिरहा – नेकपा माओवादी  बरियारपट्टी गाउँपालिका द्वारा होलि मिलन कार्यक्रम भव्य रूपमा मनाइयो । कार्यक्रम  फागुन २८ गते वडा नम्बर ३ श्री त्रिनेत्र एकेडेमी ,बरियारपट्टीको प्राङ्गणमा  होली पर्वको अवसरमा  होली मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा पुर्व मन्त्री तथा प्रदेश नम्बरको २ का इन्चार्ज  मातृका प्रसाद यादव,  ,बिशिस्ट अतिथि सिरहा जिल्ला इन्चार्ज अभिनाष साह,पुर्व प्रदेश सदस्य जिवछ यादव,चन्देश्वर यादव, पुर्व सांसद जगत यादव,  बरियारपट्टी गाउँपालिका वडा नम्बर  ३ का अध्यक्ष युवा नेता बिनोद कुमार यादव   गाउँपालिका स्तरका नेता , कार्यकर्ताहरू तथा स्थानीय नागरिकहरूको उपस्थितिमा उल्लासमय वातावरणमा कार्यक्रम  सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता  नेकपा माओवादी केन्द्र  बरियारपट्टीका अध्यक्ष रामेश्वर यादवको  अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको मध्य भागमा वडा अध्यक्ष बिनोद यादवले बोल्दै भने अफनो कार्यकालमा गरेको कामहरूको सुचि प्रस्तुत गर्दै आफुले तीन वर्षमा  वडा  भित्र शिक्षा, स्वास्थ र कृषिमा क्रान्ति ल्याएको दावी गरे।  अध्यक्ष यादवले होलि पर्वलाई सद्भाव र एकताको प्रतीकको रूपमा मनाउन आग्रह गरे। पार्टीका   विभिन्न नेताहरूले समृद्धि, सहिष्णुता र आपसी सद्भावको सन्देश दिँदै होली पर्वलाई सद्भाव र एकताको प्रतीकका रूपमा मनाउन आग्रह गरे। कार्यक्रममा स्थानीय कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए भने एकआपसमा अबिर लगाएर शुभकामना आदान-प्रदान गरिएको थियो।

पुर्व मन्त्री तथा प्रदेश इन्चार्ज  यादवले  भने नेकपा माओवादी  सधैं मेलमिलाप र विकासलाई प्राथमिकता दिएको उल्लेख गर्दै यस प्रकारका कार्यक्रमले समाजमा सकारात्मक ऊर्जा फैलाउने बताए। कार्यक्रममा उपस्थित स्थानीय जनप्रतिनिधिहरू, युवाहरू, महिला समूह तथा अग्रज कार्यकर्ताहरूले होली पर्वको शुभकामना व्यक्त गर्दै एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरे।

कार्यक्रममा माओवादीका जिल्ला नेताहरू तथा नेकपा एमाले ,जसपा नेपाल लगायतका नेताहरूको   उपस्थिति रहेको थियो।

होली मिलन समारोह भव्यताका साथ सम्पन्न गर्न सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिँदै अध्यक्ष रामेश्वर  यादवले कार्यक्रम समापन गरिएको थियो।