जसपा नेपाल बरियारपट्टी गाउँपालिका द्वारा होली मिलन कार्यक्रम भव्य रूपमा मनाइयो
बरियारपट्टी, सिरहा – जसपा नेपाल बरियारपट्टी गाउँपालिकाले फागुन २९ गते गाउँपालिका अध्यक्ष संतोष कुमार महतोको निज निवास वडा नम्बर-१ कचनारीमा होली पर्वको अवसरमा होली मिलन कार्यक्रम भव्य रूपमा मनाइएको छ।
कार्यक्रममा प्रमुख अतिथि पुर्व मन्त्री बिजय कुमार यादव ,बिशिस्ट अतिथि बरियारपट्टी गाउँपालिका अध्यक्ष संतोष कुमार महतो,उपाध्यक्ष ममता कुमारी यादव, लाल बहादुर साह, नेकपा एमालेका नेता राम सोगारथ यादव,वडा अध्यक्ष बिनोद कुमार यादव , गाउँपालिका स्तरका नेता , कार्यकर्ताहरू तथा स्थानीय नागरिकहरूको उपस्थितिमा उल्लासमय वातावरणमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता जसपा नेपाल गाउँ इकाई कमिटी अध्यक्ष बद्री नारायण यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। पार्टीका विभिन्न नेताहरूले समृद्धि, सहिष्णुता र आपसी सद्भावको सन्देश दिँदै होली पर्वलाई सद्भाव र एकताको प्रतीकका रूपमा मनाउन आग्रह गरे। कार्यक्रममा स्थानीय कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए भने एकआपसमा अबिर लगाएर शुभकामना आदान-प्रदान गरिएको थियो।

प्रमुख अतिथि पुर्व मन्त्री यादवले भने नेपाली कांग्रेसले सधैं मेलमिलाप र विकासलाई प्राथमिकता दिएको उल्लेख गर्दै यस प्रकारका कार्यक्रमले समाजमा सकारात्मक ऊर्जा फैलाउने बताए। कार्यक्रममा उपस्थित स्थानीय जनप्रतिनिधिहरू, युवाहरू, महिला समूह तथा अग्रज कार्यकर्ताहरूले होली पर्वको शुभकामना व्यक्त गर्दै एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरे।
कार्यक्रममा जसपा नेपालका जिल्ला नेताहरू तथा नेपाली कंग्रेस ,नेकपा एमाले ,जसपा नेपाल ,नेकपा माओवादी लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
होली मिलन समारोह भव्यताका साथ सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई धन्यवाद दिँदै आयोजक जसपा नेपालका अध्यक्ष बद्री नारायण यादवले कार्यक्रम समापन गरिएको थियो।

