सिरहा ,चैत्र ३- चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा सुर्यनारायण सत्यनारायण यादव  बहुमुखी क्याम्पस सिरहाको स्ववियु कसको पक्षमा जाला भनेर एक आपसमा अडकलवाजी भइरहेको छ।यस पटकको स्ववियु आफ्नो पक्षमा पार्नका लागि  अनेरास्ववियू( एस) र समाजवादी विद्यार्थी युनियनको सहकार्यमा गठबन्धन गरिएको छ।त्यसतै अखिल (क्रान्तिकारी )  विद्यार्थी जनमत विद्यार्थी संगठनको  सहकार्यमा  गठबन्धन गरिएको छ,भने नेपाल बिद्यार्थी संघ र नेकपा एमाले सम्बद्घ अनेरास्ववियु  एकला एकलै प्रतिस्पर्धामा उत्रेको छ।

मिनी संसदको रूपमा हेरिने यो  निर्वाचन बिधार्थी संगठनहरु बिचको प्रतिस्पर्धा भएपनि आफ्नो दलको प्रतिस्ठा बचाउन नेकपा एमाले, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी ,जसपा नेपाल  र नेपाली कांग्रेसका स्थानीय नेतृत्वहरु नै परिचालन भई  प्रत्यक्ष रुपमा रस्साकस्सी चलिरहेको छ।

विद्यार्थी नेताहरू उमेश साह र चन्दन यादव तथा स्थानीय नेताहरूका अनुसार जसपा नेपालको  मधेस प्रदेशमा राम्रो पकड भएकाले  समाजवादी विद्यार्थी युनियन र अनेरास्ववियू(एस) विद्यार्थीहरूको सहकार्यमा गठबन्धन भएकोले तुलनात्मक रुपमा विवेक कुमार मण्डल  नेतृत्वको संयुक्त विद्यार्थी मोर्चाको  प्यानलको सहज जित देखिन्छ।

यधपी चुनाव जित्नका लागि साम दाम दण्डभेदको उपयोग गर्दै आएको सरकारमा रहेका दलहरुका बिधार्थी संगठनहरुले स्ववियु निर्वाचनमा जित हासिल गर्न आफ्नो मातृ पार्टीको सहरा र सल्लाहलाई शिरोधार्य नगर्लान भन्न सकिदैन।