Hulaki Today
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result

hulakitodaay, hulak news, news
No Result
View All Result

गोलाप्रथाबाट केन्द्राध्यक्ष नियुक्ति नभए एसइई परीक्षा प्रक्रियाबाट मधेश सरकार अलग हुने

Author Avatar न्यूज डेस्क २०८१ चैत्र ३, आईतवार २३:०६
मधेस सरकार दलालको कब्जामा ! वडाध्यक्षको योजना पनि विक्री

जनकपुरधाम। माध्यमिक शिक्षा परीक्षा(एसइई) को केन्द्राध्यक्ष नियुक्ति गोलाप्रथाबाट नभए परीक्षा प्रक्रियाबाट मधेश प्रदेश सरकार अलग हुने चेतावनी दिइएको छ । मुख्यमन्त्री सतिशकुमार सिँहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको निर्णयका आधारमा गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन नभए प्रदेश सरकारले एसइई परीक्षा सञ्चालन प्रक्रियामा सामेल नहुने स्थिति आउन सक्ने चेतावनी मुख्यमन्त्री सिँहले दिएको जनाइएको छ ।

मुख्यमन्त्री सिँहले प्रदेशको शैक्षिक अवस्थामा सुधारका लागि विद्यमान परीक्षा प्रणालीका प्रक्रियाहरूमा सामयिक सुधार ल्याउन केन्द्राध्यक्ष नियुक्ति गोलाप्रथाबाट हुनुपर्ने सम्बद्ध निकाय तथा अधिकारीहरूलाई निर्देशन दिएको उल्लेख गरिएको सो विज्ञप्तिमा सोहीअनुसार प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन गर्ने निर्णय गरी कार्यान्वयनका लागि जिल्ला परीक्षा समन्वय समितिलाई पठाइए पनि सो निर्णयविपरीत विभिन्न जिल्लामा साबिकको व्यवस्थाबमोजिम सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष नियुक्त गर्ने प्रक्रिया अघि बढाइएको बुझिएको जनाइएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड नियमावलीमा परीक्षा सञ्चालनका लागि आवश्यक पर्ने परीक्षा केन्द्र निर्धारण गर्ने र केन्द्राध्यक्ष तथा अन्य कर्मचारीको नियुक्ति एवम् परीक्षा सञ्चालन गर्दा जिल्लास्थित जिल्ला परीक्षा समवय समितिसँगको समन्वयमा प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले गर्ने व्यवस्था हुँदाहुँदै बोर्डले जारी गरेको जारी गरेको निर्देशिकामा केन्द्राध्यक्षको नियुक्ति परीक्षा केन्द्र रहेकै विद्यालयका प्रधानाध्यापकलाई जिल्ला परीक्षा समन्वय समितिको सिफारिसमा शिक्षा विकास तथा समन्वय एकाइ प्रमुखले गर्ने भन्ने आधारमा कुरा फरक, विरोधाभाषी र अनर्गल भएको बताइएको छ ।

केन्द्राध्यक्ष नियुक्तिलगायतका विषयमा नियमावलीमा स्पस्ट रूपमा सुपरिभाषित, सुनिश्चित र निर्दिष्ट हुँदाहुँदै पनि निर्देशिकामा उल्लिखित प्रावधानका नाउँमा जिल्ला परीक्षा समन्वय समितिका सदस्यसचिव समेत रहने शिक्षा विकास तथा समन्वय एकाइ प्रमुखका यथास्थितिवादी सोच, स्वार्थप्रेरित शैली र दुराग्रही व्यवहारका कारण त्यस्तो हुने स्थिति आएको आकलन गरिएको विज्ञप्तिमा उल्लेख छ

केन्द्र रहने विद्यालयकै प्रधानाध्यापक केन्द्राध्यक्ष रहँदा केन्द्रमा अनियमितता हुने सञ्जाल बाक्लिएको र जरो गाडेको तथ्यपूर्ण विश्लेषण सार्वजनिक भइरहँदा सोही व्यवस्थालाई पुनरावृत्ति गर्न उद्यत शिक्षा विकास तथा समन्वय एकाइ प्रमुखको मनसुबा पुरा हुन नदिन र परीक्षालाई स्वच्छ तथा मर्यादित बनाउन प्रदेश सरकार प्रयत्नशील रहेको जनाइएको विज्ञप्तिमा मुख्यमन्त्री सिँहले परीक्षा प्रणालीमा शक्ति र प्रभावको दुरुपयोग रोक्न गोलाप्रथाबाटै केन्द्राध्यक्ष चयन गर्न सम्बन्धित सबै पक्षको पुनः गम्भीर ध्यानाकृष्ट गराएको जनाइएको छ ।

गोलाप्रथाबाट केन्द्राध्यक्ष नियुक्त गर्ने विषयमा प्रदेश सरकारका अधिकारीहरू राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारीहरूसँग निरन्तर सम्पर्क र समन्वय गरिरहेको जनाइएको सो विज्ञप्तिमा गत फागुन २६ गते जनकपुरधाममा प्रदेश सरकारद्वारा आयोजित माध्यमिक शिक्षा परीक्षा २०८१ सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमबाट प्राप्त सल्लाहसुझाव समेतका आधारमा प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको सोही दिनको बैठकले निर्देशिकामा तोकिएका प्रक्रियाका अतिरिक्त केन्द्राध्यक्ष नियुक्ति सम्बन्धमा जिल्लामा कार्यरत मावि तहका शिक्षक÷प्रअ वा केन्द्र कायम भएका विद्यालयका प्रअमध्येबाट केन्द्राध्यक्षका लागि रोस्टर तयार गरी सो रोस्टरमा रहेका सम्बन्धित केन्द्राध्यक्षलाई निजहरूकै उपस्थितिमा तथा जिल्ला परीक्षा समन्वय समितिको रोहबरमा जेष्ठ शिक्षकबाट क्रमशः केन्द्रका नाउँ उल्लेख भएका गोला तान्न लगाई केन्द्राध्यक्ष तय गर्ने निर्णय गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

न्यूज डेस्क

न्यूज डेस्क

सम्बन्धित खबर

सिरहामा हावाहुरीको कहर: बरियारपट्टीका ५ परिवार घरवारविहीन, खुला आकाशमुनि बास

सिरहामा हावाहुरीको कहर: बरियारपट्टीका ५ परिवार घरवारविहीन, खुला आकाशमुनि बास

बरियारपट्टी गाउँपालिकामा जनताको सरकार कि लापरवाहीको शासन? नयाँ वर्षको मुखमा शिक्षक तथा कर्मचारी तलबविहीन

बरियारपट्टी गाउँपालिकामा जनताको सरकार कि लापरवाहीको शासन? नयाँ वर्षको मुखमा शिक्षक तथा कर्मचारी तलबविहीन

बरियारपट्टी नाकामा ६ महिनामै  १३१ प्रतिशतले राजस्व वृद्धि ,शस्त्र प्रहरी निरीक्षक  पशुपति खनालको सफल नेतृत्व

बरियारपट्टी नाकामा ६ महिनामै  १३१ प्रतिशतले राजस्व वृद्धि ,शस्त्र प्रहरी निरीक्षक  पशुपति खनालको सफल नेतृत्व

वि.पि. र प्रदिपका सिद्वान्तलाई तिलाञ्जलि दिँदै काङ्ग्रेस

दाहाल प्रतिष्ठानद्वारा रामरिझन यादव सम्मानित

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

डिपीलाई गृहमन्त्री बनाउन चाहन्थे रवि, कसरी बने सुधन?

डिपीलाई गृहमन्त्री बनाउन चाहन्थे रवि, कसरी बने सुधन?

हुलाकी खबर नेटवर्क प्रा.लि.द्वारा सञ्चालित हुलाकी टुडे अनलाइन न्युज पोर्टल हो । हामी स्वतन्त्र, निष्पक्ष र व्यावसायिक सञ्चारकर्ममा प्रतिबद्ध छौं ।

हुलाकी खबर नेटवर्क प्रा.लि.
www.hulakitoday.com
ठेगाना: बरियारपट्टी-३, सिरहा
सम्पर्क नं.: ९८०५९९६९९०
इमेल: [email protected]

संचालक /प्रबन्ध निर्देशक: शोभा कुमारी यादब
कानुनी सल्लाहकार: राम प्रेम यादव
प्रेस प्रतिनिधि: बिजय यादव
सम्बाददाताहरू:
बिरेन्द्र यादव (मधेश प्रदेश)
कपलेशवर यादब(कोशी प्रदेश)
नरेश यादव(सिरहा)
प्रबिन कुमार यादव (काठमाडौ )

सुचना विभाग दर्ता नं. : ४६३०-२०८०/८१
प्रेस काउन्सिल सुचिकृत नं. : ४६१६-२०८०/०८१
कम्पनी दर्ता नम्बर : ३३९२४६/८०/८१
स्थायी लेखा नम्बर : ६२११६६९६१

  • Design By: ProTech

© 2024 | All right Reserved | Hulaki Today

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध