सिरहामा एसइई अंग्रेजी विषयको प्रश्न पत्र आउट
सिरहा । माध्यमिक शिक्षा परीक्षा (एसइई)को पहिलो दिन नै सिरहामा अंग्रेजी विषयको प्रश्नपत्र आउट भएको छ ।
परीक्षा सुरु भएको केहिबेरमै प्रश्नपत्र आउट भएको हो । प्रश्नपत्र कुन परीक्षा केन्द्रबाट आउट भएको कुरा खुल्न सकेको छैन् ।
यस विषयमा बुझ्न सिरहा जिल्ला परीक्षा समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारीको बासुदेव दाहालसंग सम्पर्क गर्दा हुन सकेन् ।
परीक्षा मर्यादित बनाउन यसवर्ष परीक्षा केन्द्रहरुमा मोवाइल तथा अन्य चिटिङ गर्ने समानमा प्रतिबन्ध लगाएको छ । यद्पी प्रश्नपत्र आउट भएको छ ।

