बरियारपट्टी गाउँपालिकामा दलहन,तेलहन ,गहुँ आँपबालिमा क्षति,कृषिकहरू चिन्तित
१० चैत्र,सिरहा।जिल्लाका विभिन्न क्षेत्रमा आएको हावाहुरी र असिनापानिका कारण दलहन,तेलहन,आँप लगायत पाक्ने बेलाको गहुँमा नोक्सानी पुगेको छ।कतिपय ठाउँमा पाकन लागेको गहुँ झरेर नष्ट भएको किसानहरूले गुनासो गरेका छन्।
जिल्लाको बरियारपट्टी गाउँपालिका,औरही गाउँपालिका,भगवानपुर गाउँपालिका,नवराजपुर गाउँपालिका,सिरहा नगरपालिकाका विभिन्न ठाउँमा हावाहुरी र असिनापानीले क्षति पुर्याएको हो।

बरियारपट्टी-३ का किसान महेन्द्र यादवले भने पाकन लागेको रहरी र आँपको मजर हावाहुरी र असिनाले नष्ट गरिदिएको गुनासो गरे।यादवका अनुसार बरियारपट्टी,कचनारी,जानकिनगर,खोक्सी,तेनुवापट्टी,जिझौल र गरगमालगायत क्षेत्रमा ठुलो नोक्सानी पुगेको हो।
कचनारी -५ कि किसान सुनिता देवी महराले काटेर सुकाएको तेलहन बालिहरू एक्कासि आएको हावाहुरी र असिनापानीले झरेर नष्ट गरिदिएको बताए।
बरियारपट्टी गाउँपालिकाको कृषि प्रमुख शत्रुधन यादवका अनुसार बरियारपट्टी पालिका लगायत जिल्लाका अधिकांश क्षेत्रमा हावाहुरी र असिनापानीले क्षति पुर्याएको छ।अहिले बरियारपट्टी पालिकाले तथ्यांक सङ्कलनको काम गरिरहेकोले केही दिनमा क्षतिको यकिन तथ्यांक आइपुगने उनले बताए ।
यादवका अनुसार यो बेलामा कतिपय जातका आँपहरूका मजरमा परागसेचनको काम हुने तर यही बेलामा हावा र बर्षाले फुलनै झरेपछी आँप उत्पादनमा ह्रास आउन सक्ने कार्यालय प्रमुख यादवको भनाइ रहेको छ।
हावाहुरी र असिनापानीले कृषि क्षेत्रमा ठूलो क्षती भएकोले कृषि आपतकालीन घोषण गरेर बरियारपट्टी पालिकाका किसानहरूले क्षतिपूर्ति माग गरेका छन्।यस सम्बन्धमा पालिका संग बुझदा ,हामिले अनुगमन गरिरहेका छाै एकिन तथ्यांक संकलन गरि क्षतिपूर्तिको प्रकृया नितिगतरूपमा अगाडि बढाउने छौं ।

