बरियारपट्टी गाउँपालिकामा जसपा नेपालको नयाँ नेतृत्व चयन
सिरहा।जनता समाजवादी पार्टी (जसपा) नेपाल बरियारपट्टी गाउँपालिकाको गाउँ अधिवेशनले बद्री नारायण यादवलाई अध्यक्षमा चयन गर्दै ३१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। शुक्रबार सम्पन्न अधिवेशन बद्री नारायण यादवको अध्यक्षतामा भएको थियो। अधिवेशनले उपाध्यक्षद्वयमा कैलाश प्रसाद साह र ममता कुमारी यादव , सचिवमा जलेश्वर यादव , कोषाध्यक्षमा सुरेन्द्र ठाकुरलाई चयन गरेको मतदान अधिकृत शिवनारायण यादवले जानकारी दिनुभयो।
नयाँ कार्यसमितिले संगठन सुदृढीकरण र पार्टी विस्तारका लागि प्रभावकारी पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। अध्यक्ष यादवले संगठनलाई बलियो बनाउन गाउँपालिकाका सबै वडा तहसम्म पार्टीको गतिविधि सशक्त बनाइने बताउनुभयो। उहाँका अनुसार, संगठन निर्माणका लागि स्थानीय तहका कार्यकर्तासँग निरन्तर छलफल तथा अन्तरक्रिया गरिनेछ। यस अधिवेशनलाई जसपा नेपालका नेताहरूले पार्टीलाई मजबुत बनाउन महत्वपूर्ण अवसरको रूपमा लिएका छन्। मधेश आन्दोलनका विभिन्न चरणमा सक्रिय रहेका नेताहरूको नयाँ कार्यसमिति चयन भएपछि स्थानीय कार्यकर्ताहरूमा उत्साह थपिएको छ।

