काठमाडौ । नेकपा माओवादी केन्द्रले गत माघमा उपत्यका विशेष प्रदेशमा मोहन कार्की, रमेश मल्ल र रामप्रसाद सापकोटालाई सहइन्चार्ज बनायो भने सम्पर्क समन्वय प्रदेशमा झक्कुप्रसाद सुवेदी,  देबेन्द्र पराजुली र  मानबहादुर बुढा, सार्क प्रवास प्रदेशमा ईश्वरी भण्डारी, एसिया प्रवास प्रदेशमा डिबी क्षेत्री, पश्चिम अन्तर महादेशीय प्रवास प्रदेशमा सुरेन्द्र भुसाल,  मोहनमान स्वाँर र  कृष्णकुमार राईले सहइन्चार्जको जिम्मेवारी पाए।

यसैगरी कोशी प्रदेशमा सावित्रीकुमार काफ्ले, अजम्बर काङबाङ, धर्मशीला चापागाई र सुरेशकुमार राई, मधेश प्रदेशमा विश्वनाथ साह, प्रल्हाद बुढाथोकी, जोगकुमार बरबरिया यादव र महेन्द्र पासवान, बागमति प्रदेशमा अञ्जना विशंखे, सूर्य सुवेदी, हितबहादुर तामाङ र शालिकराम जम्मकट्टेल , गण्डकी प्रदेशमा  हरिराज अधिकारी सहइन्चार्जको जिम्मेवारी पाए।

यस्तै लुम्बिनी प्रदेशमा कुलप्रसाद केसी, कर्णाली प्रदेशमा  टेकबहादुर बस्नेत र महेन्द्रबहादुर शाही, सदुरपश्चिम प्रदेशमा खगराज भट्ट र विना मगर सहइन्चार्ज बनेका थिए ।

तर आइतबार एकाएक नेकपा माओवादी केन्द्रले प्रदेश सह–इन्चार्जहरूको जिम्मेवारी खोसेको छ । यसले माओबादी भित्रको अवस्था चित्रण गरेको छ। माओवादीको हालै बसेको पदाधिकारी बैठकले हालका लागि प्रदेशमा सह–इन्चार्जहरूको पद नराख्ने निर्णय गरेको हो ।