नेकपा एमालेकाे सिरहा जिल्ला अध्यक्षमा अशाेक यादव सर्वसहम्मत चयन
सिरहा।नेकपा (एमाले) सिरहा जिल्लाको ११ औ जिल्ला अधिवेशनबाट अध्यक्षमा अशोक यादव सर्वसम्मत चयन भएको छ ।
त्यसैगरी उपाध्यक्षमा नबिन यादब , सचिब प्रदीप महासेठ , सहसचिब शिबशंकर महतो , आशा यादब, खिम लक्ष्मी श्रेष्ठ लगायतका पदाधिकारीहरू सर्बसहमतिबाट चयन भएको एमाले नेता राम शोगारथ यादवले जानकारी दिनुभएको छ।
तीनदिन चल्ने भनिएको अधिवेशनको आज पाँचौं दिन सर्वसम्मत १३५ सदस्यीय जिल्ला कार्यसमिति घोषणा गरिएको हो ।
चैत्र २६ गते देखि २८ गते तीन दिनमा अधिबेसन समापन गर्ने गरी आयोजना गरीएको अधिवेशन पदाधिकारी चयन सर्बसहमतिबाट गर्दा अधिबेसन लब्बिएको एमाले सिरहाले जनाएको छ ।

