सिरहा: बरियारपट्टीमा ट्याक्टर दुर्घटना चालकको घटनास्थलमै मृत्यु
सिरहा— सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका–४ स्थित सोहपुरमा ट्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ। स १ त ६३७६ नम्बरको ट्याक्टर सोहपुरबाट हरिपुरतर्फ जाँदै गर्दा अचानक अनियन्त्रित भई पल्टिँदा ट्याक्टर चालक सुरज रायको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटना बिहानको समयमा भएको बताइएको छ। स्थानीय बासिन्दाहरूका अनुसार मृतक राय सोहपुरकै स्थायी बासिन्दा हुन्।
तत्कालै मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, सिरहा पठाइएको साथै घटनाको बिस्तृत अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएका छन् ।

