सिरहाको बरियारपट्टीमा दलित युवतीमाथि बला*त्कार, आरोपी फरार
सिरहा, २०८२ वैशाख १६ — सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका वडा नं.-१(गरगमा) मा एक दलित समुदायकी अन्दाजी १६ वर्षीया ….. युवतीमाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ। बैशाख १४ गते आइतबारका दिन राति करिव ९ बजेको समयमा पीडित युवतीको घरमै गई स्थानीय युवाहरू बिवेक साह र सुरज साहले पालैपालो जबरजस्ती करणी गरेको पीडित पक्षले जनाएको छ। घटनापछि आरोपी युवकहरू फरार भएको र अहिले पीडितको जाहेरीको आधारमा प्रहरीले जाहेरी दर्ता गरिको छ।द्वय फरार युवकहरूलाई प्रहरी खोजीमा लागेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ।
पीडित युवतीका परिवारले घटना तुरुन्त प्रहरीलाई जानकारी गराएका थिए। प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको छ भने पीडित युवतीको स्वास्थ्य परीक्षणसमेत गराइएको छ। प्रहरीका अनुसार घटना सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको र फरार युवकलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाइनेछ।
यस घटनाले स्थानीय तहमा दलित समुदायप्रति हुने भेदभाव र सुरक्षाको सवाल फेरि सतहमा ल्याएको छ। पीडित पक्षले दोषीलाई कडा कारबाहीको माग गरेका छन्। स्थानीय बासिन्दा र मानवअधिकारकर्मीहरूले समेत दोषीलाई चाँडोभन्दा चाँडो पक्राउ गरी न्याय दिलाउन आग्रह गरेका छन्।

