Hulaki Today
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result

hulakitodaay, hulak news, news
No Result
View All Result

राजर्षिजनक विश्वविद्यालयमा कर्मचारी भर्नामा अनियमितताको आरोप

Author Avatar न्यूज डेस्क २०८२ बैशाख ३०, मंगलवार २१:१२
राजर्षिजनक विश्वविद्यालयमा  कर्मचारी भर्नामा अनियमितताको आरोप
जनकपुरधाम ,बैशाख ३०।जनकपुरधामस्थित राजर्षिजनक विश्वविद्यालयमा कर्मचारी भर्नामा ठूलो अनियमितता गरिएको आरोप लगाइएको छ । विश्वविद्यालयले सरकारी स्वीकृति बिना नै पदहरूमा कर्मचारी नियुक्ति गरेको र सम्बन्धित कानुनी प्रावधानको उल्लंघन गरेको आरोप लगाइएको हो । यसले विश्वविद्यालयको प्रशासनिक विश्वसनीयता र पारदर्शितामाथि प्रश्न उठाएको छ ।

राजर्षिजनक विश्वविद्यालय शिक्षक तथा कर्मचारी पदपूर्ति समितिद्वारा २०८१ चैत ६ गतेदेखि ८ गतेसम्म अन्तवार्ता एवम् शैक्षिक योग्यताको अंक जोडेर मेरिटका आधारमा भन्दै २०८२ वैशाख १७ गतेको सिफारिस तथा राजर्षिजनक विश्वविद्यालय कार्यकारी परिषद्को वैशाख २० गतेको निर्णय अनुसार सेवा आयोगबाट स्थायी व्यक्ति सिफारिस भई आएमा वा अन्य व्यवस्था भएमा स्वतः नरहने गरि बढिमा ६ महिनाको लागि वैशाख २२ गते करार तथा ज्यालादारीमा कर्मचारी नियुक्त गरिएको थियो ।

मुख्य प्राविधिक सहायक (एमएलटी) मा उपकूलपति प्रो. डा. अमर प्रसाद यादवका नातेदार रुपम यादव, मुख्य प्राविधिक सहायक (सिभिल साइन्स) मा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवका भतिजा सुरेन्द्र कुमार यादव, लेखा सहायकमा रजिष्ट्रार साहका भतिजा सतीस साहलगायतलाई नियुक्त गरिएको छ ।

यसअघि २०८० सालमा पनि विश्वविद्यालय शिक्षक/ कर्मचारी पदपूर्ति समितिद्वारा शिक्षक/ कर्मचारी करारमा नियुक्तिका लागि २०८० साल पुस २ गते सूचना प्रकाशन गरिएको थियो । सोहीअनुसार आवेदन दिएका उम्मेदवारहरु मध्ये शिक्षक तथा कर्मचारी पदपूर्ति समितिले माघ २४ गते मुख्य कार्यालय सहायकमा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवका कार्यकर्ता शिवचन्द्र यादव र उपकूलपतिका भतिजि सरिता यादवलाई नियुक्त गरिएको थियो ।

त्यस्तै, मुख्य लेखा सहायकमा नेपाली कांग्रेसका मधेश प्रदेश सभा सदस्य रामसरोज यादवका नातेदार मनिष यादव र उपकूलपति प्रो. डा. अमर प्रसाद यादवका भतिजा हिमाल यादव,  लेखा सहायकमा रजिष्ट्रार सत्य नारायण साहका साढुका छोरा रोशन कुमार साह, ल्याब ब्वाईमा उनकै साढुकी छोरी निधि कुमारी साह र कार्यालय सहयोगीमा महेन्द्र यादवका कार्यकर्ता उदित नारायण यादवलाई नियुक्त गरिएको थियो । त्यस्तै, सहायक प्राध्यापक पब्लिक हेल्थतर्फ नेकपा माओवादी केन्द्रका नेता मातृका प्रसाद यादवकी बुहारी कविता यादवलाई नियुक्त गरिएको थियो

स्रोतका अनुसार विश्वविद्यालयले गत चैत ६ देखि ८ गतेसम्म कर्मचारी र शिक्षक पदपूर्ति गर्न अन्तवार्ता र शैक्षिक योग्यताको आधारमा मेरिटको नाममा नियुक्ति प्रक्रिया सञ्चालन गरेको थियो । सोही क्रममा वैशाख १७ गतेको सिफारिस र वैशाख २० गतेको कार्यकारी परिषद्को निर्णय अनुसार करार र ज्यालादारीमा कर्मचारीहरू नियुक्त गरिएको थियो ।

तर, सो नियुक्ति प्रक्रिया पारदर्शी नभएको र सम्बन्धित व्यक्तिहरूलाई राजनीतिक र पारिवारिक सम्बन्धको आधारमा प्राथमिकता दिइएको पाइएको छ । विशेष गरी केही पदहरूमा सम्बन्ध र पहुँचको आधारमा नियुक्ति भएको देखिएको छ ।

अधिकांश नियुक्ति प्रक्रिया सरकारी स्वीकृति बिना नै भएको पुष्टि भएको छ । नेपालको कर्मचारी सेवा ऐन र सम्बन्धित नियमअनुसार कुनै पनि कर्मचारी, पदाधिकारी वा शिक्षकको नियुक्ति र सेवा सुविधा थप गर्न सरकारको अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य हुन्छ । तर, विश्वविद्यालयले यस नियमलाई बेवास्ता गर्दै स्वीकृति नलिई नै पदपूर्ति गरेको पाइएको छ ।

सरकारको स्वीकृति बिना नै कर्मचारी नियुक्ति र सेवा सुविधा थप गर्नु कानुनी दायराभित्र आउँदैन । यसले विश्वविद्यालयको विश्वसनीयता माथि प्रश्न चिह्न लगाएको छ ।

विश्वविद्यालयका विद्यार्थीले भने यस्तो अनियमितता र पक्षपोषणले उच्च शिक्षाको प्रतिष्ठामा धक्का पुर्याउने र पारदर्शिता कायम गर्न बाधा पुग्ने औल्याएका छन् । भविष्यमा यस्ता अनियमितता रोक्न कडाइका साथ नियम पालन गर्न आवश्यक रहेको विद्यार्थीहरू बताउँछन् ।

अर्थ मन्त्रालयसँग कर्मचारी भर्ना गर्न स्वीकृति नै नलिएको पाइएको छ । विश्वविद्यालयले नेपाल सरकारलाई आर्थिक दायित्व पर्ने गरि कुनै पदाधिकारी, शिक्षक तथा कर्मचारीको दरबन्दी स्वीकृत गर्दा वा त्यस्ता पदाधिकारी, शिक्षक तथा कर्मचारीको पारिश्रमिक र सेवा सुविधा थप गर्नु अघि नेपाल सरकारको अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्ने प्रावधान छ ।

विश्वविद्यालयका पदाधिकारीले ऐनको विरुद्ध गई कर्मचारी भर्ना गरेका छन् । विश्वविद्यालयले शिक्षा र कर्मचारी सेवाको व्यवस्था गर्नका लागि आवश्यक स्वीकृतिहरू र नियम पालना गर्नुपर्ने आवश्यक देखिन्छ ।

स्रोत :-टुडे आवाज 

तपाईको प्रतिक्रिया

न्यूज डेस्क

न्यूज डेस्क

सम्बन्धित खबर

बरियारपट्टी गाउँपालिकामा जनताको सरकार कि लापरवाहीको शासन? नयाँ वर्षको मुखमा शिक्षक तथा कर्मचारी तलबविहीन

बरियारपट्टी गाउँपालिकामा जनताको सरकार कि लापरवाहीको शासन? नयाँ वर्षको मुखमा शिक्षक तथा कर्मचारी तलबविहीन

बरियारपट्टी नाकामा ६ महिनामै  १३१ प्रतिशतले राजस्व वृद्धि ,शस्त्र प्रहरी निरीक्षक  पशुपति खनालको सफल नेतृत्व

बरियारपट्टी नाकामा ६ महिनामै  १३१ प्रतिशतले राजस्व वृद्धि ,शस्त्र प्रहरी निरीक्षक  पशुपति खनालको सफल नेतृत्व

वि.पि. र प्रदिपका सिद्वान्तलाई तिलाञ्जलि दिँदै काङ्ग्रेस

दाहाल प्रतिष्ठानद्वारा रामरिझन यादव सम्मानित

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

डिपीलाई गृहमन्त्री बनाउन चाहन्थे रवि, कसरी बने सुधन?

डिपीलाई गृहमन्त्री बनाउन चाहन्थे रवि, कसरी बने सुधन?

कांग्रेस सिरहाले गरे अष्ट्रेलियाकी राजदुत चित्रलेखाका पतिसहित ५ जनालाई कारवाही सिफारिस

कांग्रेस सिरहाले गरे अष्ट्रेलियाकी राजदुत चित्रलेखाका पतिसहित ५ जनालाई कारवाही सिफारिस

हुलाकी खबर नेटवर्क प्रा.लि.द्वारा सञ्चालित हुलाकी टुडे अनलाइन न्युज पोर्टल हो । हामी स्वतन्त्र, निष्पक्ष र व्यावसायिक सञ्चारकर्ममा प्रतिबद्ध छौं ।

हुलाकी खबर नेटवर्क प्रा.लि.
www.hulakitoday.com
ठेगाना: बरियारपट्टी-३, सिरहा
सम्पर्क नं.: ९८०५९९६९९०
इमेल: [email protected]

संचालक /प्रबन्ध निर्देशक: शोभा कुमारी यादब
कानुनी सल्लाहकार: राम प्रेम यादव
प्रेस प्रतिनिधि: बिजय यादव
सम्बाददाताहरू:
बिरेन्द्र यादव (मधेश प्रदेश)
कपलेशवर यादब(कोशी प्रदेश)
नरेश यादव(सिरहा)
प्रबिन कुमार यादव (काठमाडौ )

सुचना विभाग दर्ता नं. : ४६३०-२०८०/८१
प्रेस काउन्सिल सुचिकृत नं. : ४६१६-२०८०/०८१
कम्पनी दर्ता नम्बर : ३३९२४६/८०/८१
स्थायी लेखा नम्बर : ६२११६६९६१

  • Design By: ProTech

© 2024 | All right Reserved | Hulaki Today

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध