नेपाली कांग्रेस बरियारपट्टी गाउँपालिका संयोजक नेता योगेन्द्र प्रसाद यादवको निधन
बरियारपट्टी,१५ जेष्ठ । नेपाली कांग्रेस बरियारपट्टी गाउँपालिका, सिराहाका संयोजक योगेन्द्र यादवको निधन भएको छ। लामो समयदेखि राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहनुभएका यादवको निधनले गाउँपालिकासहित समग्र सिराहा जिल्लामा शोक छाएको छ।
पार्टीका स्थानीय नेताका अनुसार यादवले केही समयदेखि स्वास्थ्य समस्या भोग्दै आएका थिए।वहाँ पार्टीका निष्ठावान, ईमानदार र सक्रिय कार्यकर्ता तथा संगठनकर्ता थिए।
यादवप्रति आज वहाँकै पुर्खाैलि घर गरगमामा १०० औं को संख्यामा नेता तथा कार्यकर्ताहरूले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रतिसमवेदना व्यक्त गरेको छ। “योगेन्द्र यादवजस्तो निष्ठावान नेता गुमाउनु कांग्रेसको अपूरणीय क्षति भएको “पार्टीको ठहर रहेको छ।
स्व. यादवले लामो समयदेखि कांग्रेस पार्टीमा विभिन्न तहमा जिम्मेवारी सम्हाल्दै आएका थिए। उनले लोकतान्त्रिक मूल्य–मान्यता र जनताको सेवा गर्ने भावना बोकेर राजनीतिमा सक्रियता देखाएका थिए।
वहाँको पार्थिव शरीरमा जिल्ला पार्टीका नेता तथा कार्यकर्ताहरूले पार्टीका झण्डा वढाई फुलमाला अर्पण गर्दै अन्तिम श्रद्धाञ्जली सहित जन्म स्थल गरगमामा हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिएको छ

