सिरहा- बरियारपट्टी १६ जेष्ठ | शिक्षकको प्रविधि पहुँच सुदृढ गर्दै जिल्लाको अग्रणी शैक्षिक संस्था श्री जनता मा.वि.बरियारपट्टीले आफ्ना शिक्षकहरूलाई ल्यापटप ब्याग वितरण गरेको छ।

शुक्रबार विद्यालय परिसरमा एक सानो कार्यक्रम आयोजना गरि प्रधानाध्यापक बिरबल यादवले ४० थान गुणस्तरीय ल्यापटप ब्याग शिक्षाकहरूलाई हस्तान्तरण गरेको हो। ब्यग वितरणको मुख्य उदेश्य शिक्षण सिकाइ कार्यमा शिक्षकहरूको मनोबल बढाई प्रविधिको उपयोगलाई प्रोत्साहित गर्नु हो। प्रधानाध्यापक यादवले बताए ।

विद्यालयका यस्ता कार्यले शिक्षण सिकाईमा सकारात्मक प्रभाव पार्ने अभिभावकहरूले विश्वास व्यक्त गरेका छन् ।