सिरहा,१८ जेष्ठ । नेपाली कांग्रेसका सांसद अफताव आलममाथि लागेको आरोप – १२ जनालाई जीवितै इँटाभट्टामा हालेर जलाएको – कुनै सामान्य आरोप थिएन। त्यस घटनाले मुलुकभरि सनसनी फैलाएको थियो। एउटा अदालतले उनलाई उमेरकैदको सजाय सुनायो, न्याय पाइयो भन्ने आशा पलायो। तर आज अर्कै अदालतबाट उनी निर्दोष ठहरिएर रिहा भए।

उता, ज्यान मारेको मुद्दामा संलग्न भनिएका संजय टकला अझै जेलमै छन्। न फैसला आयो, न छिटो सुनुवाइ। फरक के हो त? शायद एउटा “ठूलो पार्टी” कांग्रेससँग सम्बन्ध, अर्को “मधेस केन्द्रित” दलसँग।

यदि टकला कांग्रेस वा एमालेको झोला बोकेका हुन्थे, सायद आज उनी पनि ७-८ जना सुरक्षाकर्मीको घेरामा VIP शैलीमा घुमिरहेका हुन्थे। तर आज उनी ‘मधेसी’ नेताको रूपमा, ‘सामान्य’ अपराधीझैं जेलमा छन् – फैसला कुरेर।