नवराजपुर गाउँपालिकामा नमस्कार देखि कान्छा होटल सम्म खाजा नास्तामै ९ लाख भन्दा बढी खर्च
सिराहा, जेष्ठ १८। — नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा खाजा नास्ताका शीर्षकमा मात्र ९ लाख ८६ हजार भन्दा बढी रुपैयाँ खर्च गरेको खुलासा भएको छ। गाउँपालिकाको सार्वजनिक लेखा प्रतिवेदनले देखाएको यो तथ्यले स्थानीय तहमा अनुत्पादक खर्चको प्रवृत्तिप्रति चिन्ता थपेको छ। जनप्रतिनिधि तथा कर्मचारीहरू पालिकाको भाैतिक,शैक्षिक तथा स्वास्थमा सुधार गर्नुको साटो खाना नास्त खानमै चुर्लुम डुबेको देखिन्छ ।
प्रतिवेदनअनुसार, विभिन्न बैठक, गोष्ठी तथा सामान्य प्रशासनिक कार्यका क्रममा खाजा, चिया, नास्ता तथा आतिथ्य सत्कारका नाममा ठूलो रकम खर्च गरिएको हो। स्थानीय नागरिक र सरोकारवाला निकायहरूले सार्वजनिक सेवाभन्दा बढी आतिथ्य सत्कारमा ध्यान केन्द्रित गरिएको भन्दै आलोचना गरेका छन्।

“विकास निर्माणका काममा ढिलासुस्ती भइरहेका बेला खाजा नास्तामा यति ठूलो रकम खर्च हुनु जनताको करको दुरुपयोग हो,” एक स्थानीय सामाजिक अभियन्ताले भने।
गाउँपालिकाका एक कर्मचारीले नाम नखुलाउने शर्तमा भने, “विभिन्न कार्यक्रममा सहभागी हुने जनप्रतिनिधि र कर्मचारीलाई खाजा नास्ता आवश्यक पर्छ, तर खर्च पारदर्शी र तर्कसंगत हुनु आवश्यक छ।”

