सिरहा, असार १४- सशस्त्र प्रहरी परिवार महिला संघको २४औँ बार्षिकोत्सव” को अवसरमा
सशस्त्र प्रहरी परिवार महिला संघ, मधेश प्रदेशको पहलमा सशस्त्र प्रहरी बल नेपाल नं. २
छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी मातहत सिरहा जिल्लाको बरियारपट्टीमा नि:शुल्क
स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई
लक्षित गरी सशस्त्र प्रहरी बल, नेपाल ए.पि.एफ. अस्पताल काठमाण्डौ, छिन्नमस्ता फिल्ड
अस्पताल बर्दिवास महोत्तरी र प्रादेशिक अस्पताल लहान र प्रादेशिक अस्पताल सिरहाका
बिशेषज्ञ चिकित्सकहरुबाट नाक, कान, घाटी, सामान्य चिकित्सा, प्रसुती तथा स्त्री रोग, आँखा
परिक्षण तथा उपचार, हाड जोर्नी तथा नशा रोग र दाँतको चेक जाँच लगायतका स्वास्थ्य
परीक्षण, परामर्श तथा औषधी वितरण गरिएको थियो।

बरियारपट्टी गाँउपालिका वडा नं.३ को जनता माध्यामिक बिद्यालयको परिसरमा भएको नि:शुल्क
स्वास्थ्य शिविरको उद्घाटन मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद
सिंहले गर्नुभएको थियो । उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं.२ छिन्नमस्ता वाहिनी
मुख्यालय महोत्तरीका वाहिनीपति डिआईजी कृष्ण ढकाल, जिल्ला समन्वय समिति सिरहाका प्रमखु
दिनेश कुमार महतो, बरियारपट्टी गाँउपालिकाका अध्यक्ष सन्तोष कुमार महतो र औरही
गाउँपालिकाका अध्यक्ष शिवजी यादव, स्थानिय पालिकाका जनप्रतिनिधिहरु, सुरक्षा निकायका
प्रमुखहरु, लगायत स्थानिय, भद्रभलादमीको उपस्थित रहेको थियो । कार्यक्रममा मधेश प्रदेशका
स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहले महिला संघद्वारा आयोजना गरिएको यो
कार्यले सशस्त्र प्रहरी परिवार महिला संघ र समुदायसँगको सहकार्यलाई अझ सुदृढ र बिस्तारीत
हुदैँ जाने विश्वास व्यक्त गर्नुभयो। सशस्त्र प्रहरी परिवार महिला संघ मधेश प्रदेशकी अध्यक्ष
संगीता सुवेदीले स्वास्थ्य शिविरको आयोजनालाई सार्थक तुल्याउन साथ, सहयोग र समन्वयमा
महत्वपुर्ण भूमिका निर्वाह गर्ने मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सशस्त्र
प्रहरी बल, नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं.७ गण हे.क्वा. सिरहा,
बरियारपट्टी गाँउपालिका, औरही गाँउपालिका, नेपाल ए.पि.एफ. अस्पताल, नेपाल ए.पि.एफ
छिन्नमस्ता फिल्ड अस्पताल, प्रादेशिक अस्पताल सिरहा, प्रादेशिक अस्पताल लहान साथै सरकारी
तथा निजी स्वास्थ्य संस्थाहरूलाई विशेष धन्यवाद दिदै “स्वस्थ नागरिक नै समृद्ध राष्ट्रको
आधारशिला हो” भन्ने भनाइलाई आत्मसात गर्दै, यस कार्यक्रमको आयोजना गरिएको थियो।
सशस्त्र प्रहरी परिवार महिला संघले स्वास्थ्य सेवाको पहुँच नपुगेको स्थानहरुमा समुदाय लक्षित
आफ्नो कार्यक्रम संचालन गर्दै आईरहेको छ। सशस्त्र प्रहरी बल र नागरिक बिचको सम्बन्धमा
सशस्त्र प्रहरी महिला संघले पुलको रुपमा काम गरिरहेको छ। समुदायमा सकारात्मक सन्देश
फैलाउन यस्ता कार्यक्रम आवश्यक रहेको बताउँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम
ल्याइने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो। उक्त स्वास्थ्य शिविरबाट ५२२ जना स्थानीयले
स्वास्थ्य सेवा लिएका थिए।