सिरहा, १० साउन । सिरहाको नवराजपुर गाउँपालिकाको सोनवर्षा चौक नजिकै  प्रहरीले  बिशेष  सुचनाको  आधारमा मोटरसाइकल सहित एकजनालाई नियन्त्रणमा लिइएको हो।

भारत बाट नेपाल तर्फ आउदै गरेको BR 32 M 7338 नम्बरको मोटरसाइकल  लाई रोक्ने क्रममा नरोकी भागने हुदा मोटरसाइकल  नियन्त्रणमा लिने क्रममा  एक राउन्ड  गोलि   फयार गरि उक्त मोटरसाइकल सहित चालक भारत मधुवनि ग्राम पञ्चायत बिरपुर -९ का जनक पासवानको छोरा अन्दाजी बर्ष ३८ को श्याम सुन्दर  पासवानको साथबाट खैरो हिर‍ोइन करिव ५० ग्राम सहित प्रहरीले नियन्त्रणमा लिइएका हुन।

नियन्त्रणमा लिइएको पासवान लाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय महेशपुर प्तारी पठाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएका छन् ।