Hulaki Today
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result

hulakitodaay, hulak news, news
No Result
View All Result

नरहा गाउँपालिकामा आर्थिक अनुशासनको उलंघन, मोबाइल खरिदमा लाखौं खर्च

Author Avatar न्यूज डेस्क २०८२ श्रावण १७, शनिबार १६:२९
नरहा गाउँपालिकामा आर्थिक अनुशासनको उलंघन, मोबाइल खरिदमा लाखौं खर्च

सिरहा,१७ साउन— नरहा गाउँपालिकाले मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ४ थान मोबाइल फोन खरिदमा २ लाख १३ हजार ५ सय रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ विपरीत रहेको स्पष्ट रूपमा देखिन्छ ।

महालेखा परीक्षण प्रतिवेदनमा उल्लेख गरिएअनुसार Redmi , vivo र 1+ लगायत विभिन्न ब्राण्डका मोबाइलहरू महँगा दरमा खरिद गरिएको छ। स्थानीय सरकार सञ्चालन ऐनको व्यवस्था अनुसार स्थानीय तहले स्वीकृत कार्यक्रम भित्रको बजेटबाट मात्र खरिद गर्न पाउने भए तापनि मोबाइल खरिद कार्य अनधिकृत रूपमा बजेट सीमाबाहिर गरिएको हो। साथै, यो खरिद PAMS प्रणालीमा समेत दर्ता नगरि खरिद गरिएको हो।

स्थानीय बासिन्दा र नागरिक अभियन्ताहरूले गाउँपालिकाको यो कार्यप्रति गम्भीर असन्तोष जनाएका छन्। एक स्थानीय नागरिकका अनुसार, “विद्यालयमा शिक्षक छैनन् , स्वास्थ्यचौकीमा औषधि छैन, तर जनप्रतिनिधिहरू र कर्मचारीहरूका लागि महँगा मोबाइल किन्न भने लाखौं खर्चिएको छ। यो जनताको करको खुला दोहन हो।”

विश्लेषकहरु भन्छन्, यो अभ्यासले पारदर्शिता र जवाफदेहितामा गम्भीर प्रश्न उठाएको छ। स्रोत सीमित रहेको अवस्थामा प्राथमिकताको आधारमा खर्च गर्नुको सट्टा यस्तो विलासी खर्च गर्नु न केवल गैरकानुनी हो, बरु नैतिक रूपमै अस्वीकार्य छ।अब सम्बन्धित निकायहरूले यो विषयमा गम्भीर छानबिन गरेर जवाफदेही कायम गर्नुपर्ने स्थानीय बासिन्दाहरूको माग छ।

तपाईको प्रतिक्रिया

न्यूज डेस्क

न्यूज डेस्क

सम्बन्धित खबर

बरियारपट्टी गाउँपालिकामा जनताको सरकार कि लापरवाहीको शासन? नयाँ वर्षको मुखमा शिक्षक तथा कर्मचारी तलबविहीन

बरियारपट्टी गाउँपालिकामा जनताको सरकार कि लापरवाहीको शासन? नयाँ वर्षको मुखमा शिक्षक तथा कर्मचारी तलबविहीन

बरियारपट्टी नाकामा ६ महिनामै  १३१ प्रतिशतले राजस्व वृद्धि ,शस्त्र प्रहरी निरीक्षक  पशुपति खनालको सफल नेतृत्व

बरियारपट्टी नाकामा ६ महिनामै  १३१ प्रतिशतले राजस्व वृद्धि ,शस्त्र प्रहरी निरीक्षक  पशुपति खनालको सफल नेतृत्व

वि.पि. र प्रदिपका सिद्वान्तलाई तिलाञ्जलि दिँदै काङ्ग्रेस

दाहाल प्रतिष्ठानद्वारा रामरिझन यादव सम्मानित

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

डिपीलाई गृहमन्त्री बनाउन चाहन्थे रवि, कसरी बने सुधन?

डिपीलाई गृहमन्त्री बनाउन चाहन्थे रवि, कसरी बने सुधन?

कांग्रेस सिरहाले गरे अष्ट्रेलियाकी राजदुत चित्रलेखाका पतिसहित ५ जनालाई कारवाही सिफारिस

कांग्रेस सिरहाले गरे अष्ट्रेलियाकी राजदुत चित्रलेखाका पतिसहित ५ जनालाई कारवाही सिफारिस

हुलाकी खबर नेटवर्क प्रा.लि.द्वारा सञ्चालित हुलाकी टुडे अनलाइन न्युज पोर्टल हो । हामी स्वतन्त्र, निष्पक्ष र व्यावसायिक सञ्चारकर्ममा प्रतिबद्ध छौं ।

हुलाकी खबर नेटवर्क प्रा.लि.
www.hulakitoday.com
ठेगाना: बरियारपट्टी-३, सिरहा
सम्पर्क नं.: ९८०५९९६९९०
इमेल: [email protected]

संचालक /प्रबन्ध निर्देशक: शोभा कुमारी यादब
कानुनी सल्लाहकार: राम प्रेम यादव
प्रेस प्रतिनिधि: बिजय यादव
सम्बाददाताहरू:
बिरेन्द्र यादव (मधेश प्रदेश)
कपलेशवर यादब(कोशी प्रदेश)
नरेश यादव(सिरहा)
प्रबिन कुमार यादव (काठमाडौ )

सुचना विभाग दर्ता नं. : ४६३०-२०८०/८१
प्रेस काउन्सिल सुचिकृत नं. : ४६१६-२०८०/०८१
कम्पनी दर्ता नम्बर : ३३९२४६/८०/८१
स्थायी लेखा नम्बर : ६२११६६९६१

  • Design By: ProTech

© 2024 | All right Reserved | Hulaki Today

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध