साहित्यकार रामरिझनको नजरमा प्रदिप गिरि
सिरहा, ५ भदौ । समाजवादी चिन्तक तथा मैले काग्रेसमा मान्नु पर्ने एकमात्र नेता महामानव प्रदीप गिरिको स्मृतिदिवस ! यो दिन मेरोलागिमात्र होइन, सिगो विश्वको प्रजातान्त्रीक समाजवादीहरूको लागि विशेष दिन हो । अझ हामी सिरहावासीको लागि त झन स्मरणीय तथा सन्स्मरणीय दिन हो । किनकि, प्रजातन्त्र र निरन्कुशतन्त्रको परिभाषा हामीलाई गिरि परिवारले नै सिकाएको हो । प्रदीप गिरिको बुबा मित्रलाल गिरि प्रजातन्त्रका जति ठूलो समर्थक थिए त्यही अनुपातमा निरन्कुशतन्त्रका हिमायती थिए आफ्नै काका तथा भूपू प्रधानमन्त्री डा.तुलसी गिरि । तर, बाजी प्रदीप गिरिले मारे । सिगो परिवारलाई पछार्दै उनी यसरी अगाडि बढे कि तेजतरार काकाहरू तुलसी गिरि र रूद्र प्र. गिरिलाई पनि निकै पछाडि छोडे । अक्षर र शब्दलाई खेलाउन सक्ने अभ्यास नै उनको जीवनको सबैभन्दा बहुमूल्य विषय बस्तु बन्न गयो । त्यसैले उनले कहिल्यै पनि पदीय आशक्ततालाई आफ्नो कमजोरी बन्न दिएनन् । कैयौ पटक सिरहाबाट चुनाव जिते पनि मन्त्री किन बनेनन् प्रदीप गिरि भन्ने प्रश्नको उत्तर स्वयम उनिसंग नै थियो। अरू कसैसग छैन ।
यो तस्वीर मेरो र उनको त्यतिबेलाको हो जतिबेला म आश्रम पुगेको थिए । लहान नजिकैको आश्रम अहिले विरान झै लाग्न थालेको छ ।यसलाई बौद्धिक अभ्यासको केन्द्र बनाउन सकेको भए नेपालको एउटा नमूना शैक्षिक केन्द्र बन्न सक्थ्यो । जहा विश्वका बिभिन्न कुनाबाट अध्यार्थीहरू सोध गर्न यहा आउन सक्थे ।

