सिरहा,बरियारपट्टी । मधेस प्रदेश सरकारले आयोजना गरेको एसइई २०८२ उत्कृष्ट छात्रछात्रा सम्मान तथा साइकल वितरण कार्यक्रम अन्तर्गत सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका–३ स्थित श्री जनता माध्यमिक विद्यालय बरियारपट्टीक‍ो  छात्र राम पुजन यादव सम्मानित भएका छन्।

प्रदेश सरकारले प्रत्येक स्थानीय तहबाट छनोट गरिएका उत्कृष्ट छात्रछात्रालाई प्रोत्साहनस्वरूप सम्मान पत्रसहित साइकल वितरण गरेको हो। उक्त कार्यक्रममा विद्यार्थीहरूलाई मेहनतपूर्वक अध्ययनमा अझ प्रेरित गर्न सम्मान गरिएको आयोजकले जनाएका छन।

विद्यालयका प्रधानाध्यापक बिरवल यादवले छात्र यादवले विद्यालय र गाउँपालिकाको नाम उज्ज्वल बनाएको भन्दै बधाई ज्ञापन गरेका छन्। साथै आगामी दिनमा यस किसिमका कार्यक्रमले विद्यार्थीहरूलाई अध्ययनमा अझ उत्कृष्ट बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।