सिरहाको बरियारपट्टी छोटी भन्सार कार्यालय सरकारले बन्द गर्ने निर्णयविरुद्ध संघर्ष समिति गठन सहितको पुनः आन्दोलनका कार्यक्रम सार्वजनिक
सिरहा, बरियारपट्टी । सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालयलाई राजपत्रमा सुचना प्रकाशन गरि बन्द गर्ने सरकारी निर्णयको विरोधमा स्थानीयवासी, नागरिक समाज , व्यापारी , विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू तथा विभिन्न पालिकाका जनप्रतिनिधिहरू एकजुट भएका छन्।
भन्सार कार्यालय जोगाउन बैशाख २६ गते बेलुका ४:०० बजे सरोकारवालाहरूले सर्वदल बैठक बसेका थिए। बैठकमा प्रदेश सांसद माननीय संजय यादव,माननीय जीबछी यादव,बरियारपट्टी पालिका अध्यक्ष संतोष कुमार महतो,औरही पालिका अध्यक्ष शिवजी यादव,लक्ष्मीपुर प्तारी पालिका अध्यक्ष चतुरानन्द ठाकुर,वडा अध्यक्ष बिनोद कुमार यादव,बरियारपट्टी बजार समिति अध्यक्ष आम्बे कुमार यादव,सुखिपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुर्यनारायण यादव,सचिव संजय यादव,युवा नेता डा.दिनेश प्रसाद यादव,सरोज कुमार यादव,राज कुमार यादव,विजय यादव र पपु यादवको उपस्थिति रहेको थियो। उक्त बैठक बाट बैशाख २७ गते संघर्ष समिति गठन गर्नुका साथै चरणबद्ध आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेका छन्।
आन्दोलनका कार्यक्रमहरू-
१.बैशाख २८,२९ र ३० गते बेलुका ४ बजे:नागरिक समाज ,बुद्धिजीवी ,व्यापारी संग अन्तरक्रिया गर्ने।
२८ गते बरियारपट्टी रऔरही चौक ,२९ गते पतारी र शुखिपुर चाैक तथा ३० गते धनगढीमाई र अर्नमा पालिका
२.जेठ १ गते सम पहिलेकै जस्तै विहान ८:०० बजे देखि १० बजेसम्म चक्का जामगर्ने।
३.जेठ १ गते वृहत् आन्दोलन परिचालन कमिटीको बैठक बसि थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने।
स्थानीय स्तरमा बसेको भेलाले “बरियारपट्टी छोटी भन्सार बचाउ संघर्ष समिति” गठन गर्दै भन्सार कार्यालय बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। स्थानीयवासीहरूले सरकारले सीमावर्ती क्षेत्रको आर्थिक संवेदनशीलतालाई बेवास्ता गर्दै एकतर्फी रूपमा भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेको आरोप लगाएका छन्। उनीहरूले बरियारपट्टी भन्सार कार्यालय सञ्चालनमा रहे स्थानीय व्यवसाय, रोजगारी र राजस्व वृद्धिमा ठूलो योगदान पुगिरहेको बताएका छन्।
आन्दोलनरत पक्षले सरकारसँग तत्काल निर्णय पुनर्विचार गर्न चेतावनी दिँदै माग सम्बोधन नभए सशक्त आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन्।

