छानविनमा तानिए लेखा अधिकृत देवेन्द्र यादव
सिरहा-सुखीपुर नगरपालिकाकाका लेखा अधिकृत देवेन्द्र यादव अख्तियारको छानविनमा तानिएका छन् । अख्तियारका एक अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा जानकारी दिए अनुसार उनलाई अति अस्वभाविक र अकुत सम्पत्ति जोडेकोले छानविनका लागि बोलाइएको बताए । उनलाई पत्र काटेरै बोलाइएको अख्तियारका ती अधिकारी बताए । श्रोतका अनुसार लेखा अधिकृत यादवका , उनकी पत्नी, दाजु, भाउजु , मामा , भाञ्जा र परिवारका अन्य सदस्यका नाममा दर्जनौ कित्ता जमिन मात्र १५ वर्ष भित्र खरिद भएको देखिएको छ । मामा लगायत परिवारका अन्य सदस्यका नामबाट १० करोडभन्दा अधिकको रकम कपाली तमसुक बनाएर ऋण लगानी ( अनुचित लेनदेन ) गरिएको छ । यादवले लहान, जिरोमाइल, सुखीपुर , मिर्चैया , सिरहा , जनकपुर र काठमाडौंमा घरेडी खरिद गर्नुका साथै सिरहा लगायत अन्य स्थानमा अलिशान महल बनाएका छन् । अख्तियार शुत्रका अनुसार यादवले भाइ, भतिजा, दाजु , भाउजु , पत्नी, भाञ्जा, र ड्राइभर समेतको नाममा ५ करोड भन्दा अधिकको सेयर खरिद गरेका छन् । उनको पत्नीको बैंक खातामा अस्भाविक रकम जम्मा भएको देखिएको अख्तियारका श्रोतले बताएको छ । स्रोत :दावानल

