तीन विवाहपछि पनि प्रेमको खोजी? सम्बन्ध र प्रतिबद्धतामाथि फेरि बहस सुरु।
सिरहा,२३ असार । “के प्रेम जीवनभर एउटै व्यक्तिसँग रहन्छ, वा समयसँगै बदलिन्छ? आमिर खानको वैवाहिक यात्राले फेरि यही प्रश्न उठाएको छ।” तीन- तीनवटा विहे गरेपनि आमिर खानले चौथो विहे गर्दैन भन्न सकिन्न । किनकि , उनी शाहरूख खान होइनन, जसलाई एकमात्र गौरीले अझसम्म पुगेको छ । तर आमिर खानलाई कतिवटा गौरी चाहिन्छन त्यसको कुनै ठिकान छैन ।आखिर प्रेम, विहे र व्यवहार के हो ? मानिस किन प्रेम गर्छन ? गरेपछि निर्वाहन किन गर्दैन ? भनिन्छ प्रेम त एकपटकमात्र हुन्छ रे ! हिजोमात्र गौरी स्प्रेटसङ्ग विहे गरेको आमिर खान जीवनभर उनीसग्ग त्यतिकै किन बस्न सक्दैनथे ? बाचाबन्धन किन चाहियो ? के चार दशक पहिले रिना दत्तासङ्ग प्रेम गर्दा उनले वाचा र बन्धन गरेका थिएनन ? ख्याल रहोस रिनाले आमिरलाई पहिले प्रेम गरेको होइन ।आमिरले पहिले गरेको हो तर लगान फिल्मको बेला किरण रावसङ्ग लसफसिएपछि रिनाको मन टुटेको हो । सत्यमेव जयते’ जस्तो सिरियल बनाएर वास्तविक जीबनलाई व्याख्या र विश्लेषण गरेका आमिर खानको बास्तबिकता के हो बुझ्न गाह्रो छ । किनकि उनको विहेमा पूर्व दुइटै पत्नी र जति छोराछोरीहरू छन सबै उपस्थित थिए ।कतिसम्म भने जोसङ्ग उनले विहे गरे त्यसको पनि पूर्व पतिबाट सात वर्षीय छोरा विहेको कवोल पत्रमा हस्ताक्षर गर्ने बेला बीचमा नै उभेका थिए । छोरी र छोरीज्वाई पनि थिए । यसप्रकारको विहे बोलिउडमा दिनहू हुदै गरेको भए पनि हिजोजस्तो उपस्थिति बिरलै भएको देखिन्छ । यस अर्थमा एकातिर आमिर खानमा सम्बन्धको सदाशयता देखिन्छ भने अर्कोतर्फ उसले प्रेमको अर्थ बुझ्न नसकेको हो कि जस्तो लाग्छ । सत्यमेव जयते हेरेपछि म आमिर खानको फ्यान भएको थिए ।किनकि त्यो सिरियल मात्र होइन, भारतवर्षमा रहेका विभिन्न कुरीति, अन्धविस्वास तथा विकृत्तिको भण्डाफोर हो । जसलाई उनले बडो मेहनत गरेर फिल्माएका थिए । त्यसैले सुपरहिट भए ।तर, जे देखायो त्यसको ठीक विपरित उनले स्वयम कदम चाल्यो ।

