सप्तरी। शिक्षा , विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक निरीक्षण गरेका छन्। अस्पतालको गेटमै प्रसूति हुनुपरेको घटना सार्वजनिक भएपछि मन्त्री पोखरेल स्थलगत वस्तुस्थिति बुझ्न अस्पताल पुगेका हुन्।
अवलोकनका क्रममा मन्त्री पोखरेलले बेड नम्बर २२ मा उपचाररत सप्तरीकी बविताकुमारी पासवानसँग भेट गरी उनको र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। अस्पताल प्रशासनका अनुसार हाल आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
मन्त्री पोखरेलले अस्पतालको सेवा प्रवाह, भौतिक पूर्वाधार तथा जनशक्तिको मौजुदा अवस्थाबारे पनि विस्तृत जानकारी लिएका छन्। उनले अस्पतालको सेवा सुदृढीकरण तथा गुणस्तरीय स्वास्थ्य पहुचका लागि आवश्यक चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न सरकारका तर्फबाट तत्काल पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।