प्रहरी चौकी कचनारी, सिरहाबाट प्रहरी सहायक निरीक्षक बिरेन्द्र साहको कमाण्डमा प्रहरी टोलीले सिरहाको बारियारपट्टी गाउँपालिका वडा नं. १ गोरगम्मा बोर्डर स्थितमा भारतबाट नेपाल तर्फ स्रोत नखुलेको १६ लाख रूपैयाँसहित १ जनालाई नियन्त्रण लिएको छ।

पक्राउ पर्नेमा बरियारपट्टी गाउँपालिका वडा नं. २ खोक्सिटोल बस्ने बर्ष अन्दाजी ४८ को ललित दासले रहेका छन् ।

दासले कम्मरमा सेतो गम्छामा बाँधी ल्याउदै गरेको स्रोत नखुलेको  रकम फेला पारि  रीतपुर्वक बरामद गरिएको रकम र मोटरसाईकल सहित दासलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेशपुरपतार सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको  जिल्ला प्रहरी कार्यलय सिरहाले जनाइएको छ।